Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली हुन्: उपाध्यक्ष खतिवडा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि जारी केन्द्रीय कमिटीको बैठकको बारेमा जानकारी दिँदै खतिवडाले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताएका हुन् ।

उनले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रीय कमिटीमा एकमत रहेको बताए । उनले भने, ‘नेकपा एमाले अथवा यो सरकार यो ढंगले लागिरहेको छ भनेर केपी ओलीको नकारात्मक प्रवृत्तिप्रति आक्रमण गर्ने त्यो चिज त हाम्रो बैठकमा चलिनै रहेको छ । किनकि यो देशमा सबै नकारात्मकताको मूल जरो नै उहाँ नै हुनुहुन्छ र उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी प्रस्ट नै छौँ । तर सबैको सामूहिक चेतना के छ भने जसले जस्तोसुकै प्रहार गरेपनि पार्टीलाई सबल र सुदृढीकरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो एकमत देखिन्छ ।’

खतिवडाले बैठकमा नेतृत्व र केन्द्रीय सदस्यहरूले खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रीकृत भएको बताए । पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रस्ताव बैठकमा गरिएको उनको भनाइ छ । उनले भने, ‘केन्द्रीय कमिटीको यो दोस्रो बैठकमा केन्द्रीय कमिटीका सदस्यहरू पार्टीलाई कसरी सुदृढ र सबल बनाउनका लागि कस्ता योजना कार्यान्वयन गरेर जानुपर्छ नेतृत्व र केन्द्रीय सदस्यहरूले खेल्ने भूमिका भन्ने विषयमै सबैभन्दा बढी केन्द्रीकृत हुनुहुन्छ । हामीले विभिन्न प्रकारका एजेन्डाहरू दिएका छौँ । पार्टीलाई जनसङ्घर्षका माध्यमबाट, आन्दोलनका माध्यमबाट जनताका जनजीविका, देशभक्तिका विषयहरू उठाएर जनतासँग जोडेर पार्टी निर्माण गर्ने प्रस्ताव अघि सारेका छौँ । जसलाई हामीले संघर्षबाट पार्टी निर्माण गरिन्छ भन्न प्रस्तावका साथ अगाडि बढाएका छौँ । यसै गरी पार्टीका विभिन्न नियम, नियमावलीहरू, निर्देशिकाहरू, आचार संहिता प्रस्ताव गरेका छौँ । यी सबै विषयमा छलफल गरिसकेपछि आगामी कार्ययोजनाको रूपमा केही प्रस्तावहरू गर्नेछौँ, कार्ययोजना पारित गर्नेछौँ र बैठक समाप्त हुनेछ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending