टोकियो । जङ्गली जनावरसँग मानव मुठभेड भएका घटना बढेपछि जापानको मन्त्रिपरिषद्ले आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ ।
सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा देशभर भालुले २१९ जनालाई आक्रमण गरेको र छ भने छ जनाको मृत्यु भएको थियो । जलवायु परिवर्तनले भालुको खाद्य स्रोत र शीत निस्क्रियता (हाइबरनेसन)को समयलाई प्रभावित गर्नुका साथै जन्मदरको कमीले आउने वृद्ध समाजका कारण जनावरहरू आहाराको खोजीमा बारम्बार शहरमा पसी आक्रमण गर्ने क्रम बढेको छ ।
आवश्यक प्रक्रियामा प्रशासनिक झन्झटका कारण हुने ढिलाइले जङ्गली जनावरको आक्रमणबाट मानव जीवन नै जोखिममा पर्ने गरेको व्यापक गुनासोपछि सरकारले संशोधित वन्यजन्तु संरक्षण तथा व्यवस्थापन कानून अन्तर्गत यस्तो जोखिमका समय ‘आपतकालीन गोली हान्ने’ अनुमति दिएको हो ।
वातावरण मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, “वातावरण मन्त्रालयले आगामी महिनाहरूमा विधेयक संसद्मा प्रस्तुत गर्ने र शरद ऋतुअघि नै पारित गर्नेछ ।” हाल आवासीय क्षेत्रमा भालु वा बँदेलजस्ता जनावरलाई गोली हान्न निषेध गरिएको छ ।
जापानमा विद्यमान् कानुनी प्रावधानका कारण जनघनत्व भएको क्षेत्रमा भालु छिर्दा पनि यसलाई प्रतिकार गर्न गोली हान्नका लागि प्रहरीले सर्वसाधारणलाई अनुमति दिँदैन । “प्रहरीले कुनै व्यक्तिमाथि आक्रमण हुन केही सेकेन्ड टाढा रहेको अवस्थामा मात्र यस्तो आदेश जारी गर्न सक्छ,” मन्त्रालयका एक अधिकारीले भने । उनले भने, “हालको नियमअनुसार प्रहरीको स्वीकृति पाउन कोही खतरामा नपरेसम्म पर्खनुपर्ने हुन्छ ।
गत डिसेम्बरमा उत्तरी जापानको एक सुपरमार्केटमा एउटा भालुले दुई दिनसम्म हुलहुज्जत गरेको थियो । यस आक्रमणमा एक ४७ वर्षीय व्यक्ति घाइते भएका थिए । जापानमा सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा नौ हजारभन्दा बढी भालु मारिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: