Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कंगोमा रहेका पाँच सय नेपाली असुरक्षित, नेपाल फर्किन राहदानी समेत पाएनन्

खबरडबली संवाददाता

काठमाडौं । कंगो सरकार र विद्रोही समूह एम २३ बीचको लडाईका कारण त्यहाँस्थित पाँच सय जना नेपालीहरू असुरक्षित भएका छन्।

गैरआवासीय नेपाली संघ कंगोका अध्यक्ष विष्णुप्रसाद गिरीका अनुसार कंगोमा एक हजारभन्दा बढी नेपालीहरू रहेका छन्, तीमध्ये रुवाण्डा र ब्रुन्डीको सीमा क्षेत्रका नेपालीहरू बढी असुरक्षित छन्।

एम २३ विद्रोही समूहले लोकतान्त्रिक गणराज्य कंगोको पूर्वी क्षेत्रमा विध्वंश मच्चाउँदै आएको छ। सो क्षेत्रका दुई सबैभन्दा ठूला शहरहरू कब्जा गरिसकेका छन्। विद्रोहीहरूको प्रभाव बढ्दै जाँदा हजारौं मानिसहरू आफ्ना घरहरूबाट पलायन हुन बाध्य भएका छन्।

'यहाँ विद्रोहीहरूले विभिन्न शहरहरू कब्जा गरिरहेका छन्। नेपालीहरू छरिएर बसेका छन्। धेरै नेपालीहरूले राहदानी नवीकरण गर्न र नयाँ राहदानी बनाउन नपाउँदा कंगो छोड्न सकेका छैनन्,' गिरीले भने।

कंगोलाई दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले हेर्दै आएको छ। गिरीका अनुसार नेपाल सरकारको परिवर्तनसँगै नयाँ राजदूतको नियुक्ति नहुँदा राजदूतावासका कर्मचारीहरूको स्थायित्व समेत नभएकाले राहदानी सेवामा असर परेको हो। कंगोमा रहेका नेपालीहरूले राहदानी समस्याको समाधानको लागि घुम्ती सेवाको माग गरेका छन्।

गिरीले भने, 'कंगोमा रहेका नेपाली समुदाय गम्भीर समस्यामा परेका छन्। यहाँको विद्रोही गतिविधि तीव्र रूपमा बढ्दो छ, जसका कारण विदेशी नागरिकहरू, विशेष गरी नेपालीहरू, असुरक्षित बनेका छन्।'

भारतीय दूतावासलगायत अन्य देशहरूले आफ्ना नागरिकहरूलाई कंगो छोड्न आग्रह गरेका छन्। तर, नेपाली समुदायका लागि अहिलेसम्म कुनै ठोस पहल नहुँदा उनीहरूको नेपाल फिर्ती अन्योलमा परेको छ।

नेपालीहरूको राहदानी (पासपोर्ट) नवीकरण र भिसा समस्याले गम्भीर अवस्था निम्त्याएको बताउँदै गिरीले दुई वर्षभन्दा बढी भइसक्दा पनि कंगोमा रहेका नेपालीहरूको पासपोर्ट नवीकरण हुन नसकेको जिकिर गरे।

गैरआवासीय नेपाली संघ कंगोले दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई यसबारे जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको गुनासो गिरीको छ।

'हामीले बारम्बार पत्राचार गर्दा र जानकारी गराउँदा पनि नेपाली दूतावासबाट सुनुवाइ भएको छैन, जसका कारण यहाँका नेपाली झन् ठूलो संकटमा परेका छन्। कतिपय नेपालीहरूसँग न त राहदानी छ, न त वैधानिक बसोबासका लागि आवश्यक कागजात,' गिरीले गुनासो पोखे।

समस्याका समाधानको लागि ३ बुँदे सुझाव

नेपालीहरूको उद्धारको लागि गैरआवासीय नेपाली संघ कंगोले सरकार तथा संघ समक्ष ३ बुँदे सुझाव पेस गरेको छ। एनआरएनए कंगोले गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई एक पत्र लेख्दै कंगोको समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेको छ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले कंगोमा रहेका नेपालीहरूको सुरक्षाको लागि अवश्यक सहयोग गर्न संघ तयार रहेको बताए। उनले नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न त्यहाँस्थित नेपाली समुदायतलाई आग्रह गरे।

नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग पहल गरी पासपोर्ट नवीकरण र भिसा समस्याको समाधान गर्न तुरुन्त आवश्यक कदम चाल्नु पर्ने, कंगोमा रहेका नेपालीहरूको सुरक्षाका लागि वैकल्पिक उपाय खोज्ने र सम्भव भएसम्म उद्धारका लागि समन्वय गर्ने, नेपाल सरकार, एनआरएनए र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी कंगोमा रहेका नेपालीहरूको समस्या समाधानका लागि तत्काल उपाय अवलम्बन गर्ने लगायतका सुझाव दिएको छ।

बल्ल पुगे नयाँ राजदूत

दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत प्रा. कपिलमान श्रेष्ठ आफ्नो कार्यवाहक समाल्न गत साता प्रिटोरिया पुगेका छन्। दूतावासले गत बिहीबार एक विज्ञप्ति जारी गर्दै राजदूत श्रेष्ठले राजदूतावासमा कूटनीतिक तथा स्थानीय कर्मचारीहरूसँग परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ। दूतावासका अनुसार राजदूत श्रेष्ठले यसै साता आफ्नो कार्यकक्षमा पुगेर पद बहाली गरेका छन्।  यो समाचार आजको नागरिक दैनिकले लेखेका छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending