Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सर्लाहीकाे हरिवन र बागमतीमा हात्ती आतङ्क बढ्दै

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीमा जङ्गली हात्तीको समूहले घर तथा बालीनालीमा क्षति पुर्‍याउने क्रम रोकिएको छैन । चार दिनसम्म लालबन्दी र ईश्वरपुर नगरपालिकामा आतङ्क मच्चाएका तीन वटा जङ्गली हात्ती पश्चिमी भेगतर्फ लागेका छन् । 

हात्तीको समूहले आइतबार बिहान र शनिबार राति हरिवन तथा बागमती नगरपालिकाको विभिन्न भागमा घरका बेराघेरा भत्काउने र बालीनालीमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 

हात्तीले आइतबार बिहानपख बागमती नगरपालिका–३, धरहरामा बाबुलाल स्याङतानको घरमा बाँसको टाटीले लगाएको बेरा भत्काएर भित्र राखिएको दुई क्विन्टल धान खाइदिएको छ । हात्तीले स्याङतानको एक कट्ठाको मकै, दुई वटा केराको बोट, रामबहादुर थिङ, धनबहादुर दोङ र लक्ष्मण योन्जनको एक/एक कट्ठामा लगाएको मकै खेती नष्ट गरेको पीडितले बताएका छन् ।

सोही हात्तीको समूहले शनिबार राति हरिवन नगरपालिका–६, चार्ली टोलका डिल्लीप्रसाद उप्रेतीको तीन कट्ठाको मकै र १५ वटा केराको बोट, लक्ष्मीप्रसाद भुर्तेलको तीन कट्ठाको मकैबाली र २० वटा केराको बोट र मीनप्रसाद उप्रेतीको पाँच कट्ठाको मकैबाली र १० वटा केराको बोट नष्ट गरेको छ । यसअघि रातको समयमा मात्रै जङ्गली हात्ती देखा पर्ने गरेकोमा आइतबार भने दिउँसै हात्तीको समूह बस्ती छेउछाउ देखा परेका छन् ।

हरिवन र बागमती नगरपालिकाको जङ्गल नजिकै रहेका बस्तीमा आइतबार दिउँसै तीन वटा माउ जङ्गली हात्ती डुलिरहेकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । जङ्गली हात्तीको यही समूहले बुधबार र बिहीबार राति लालबन्दी नगरपालिका–१७, रानीगन्जका शिवहरि गौतमले यसै वर्षबाट सुरु गरेको व्यावसायिक केरा खेतीमा व्यापक क्षति पुर्‍याएको थियो ।

गौतमले २५० बढी केराको बोट हात्तीले नष्ट गरेको गुनासो पोखेका छन् । हात्तीले त्यसअघि मङ्गलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा स्थानीय धनमाया तामाङको भान्सा घर भत्काएर घरभित्र रहेको अनाज खाइदिएको थियो । 

जिल्लामा एक सातादेखि यसरी निरन्तर जङ्गली हात्तीले आतङ्क मच्चाइरहँदा स्थानीय त्रसित भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले जङ्गली हात्ती आफै पर्सा वनजन्य आरक्षण केन्द्रमा फर्किएर जाने भएकाले जथाभावी नजिस्काउन र जङ्गल नजिकका बस्तीमा बसोवास गर्ने स्थानीयलाई चनाखो रहन अनुरोध गर्दै आइरहेको छ ।

सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले हात्तीले घर तथा अन्नबालीमा क्षति पुर्‍याए डिभिजन वन कार्यालयमा प्रक्रिया पुर्‍याएर निवेदन दिँदा क्षतिपूर्ति प्रदान गरिने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending