Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ प्रतियोगिता फागुन १७ गतेदेखि

खबरडबली संवाददाता

बाँके । बाँकेको कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले आठ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।

आइतबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले उक्त कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ का संयोजक कर्ण बस्नेतले आगामी फागुन १७ गतेदेखि २४ गतेसम्म कोहलपुरको तेह्र बिघा खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । 

उनका अनुसार प्रतियोगिता कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा हुन लागेको हो । क्लबको आयोजनामा यसअघि दुई संस्करणका मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता सम्पन्न भइसकेका छन् । यस वर्षदेखि स्थानीय पर्यटन प्रवर्धन र खेलकुद पर्यटन प्रवर्धन समेत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक बस्नेतले जानकारी दिए । 

प्रतियोगितामा भाग लिन आउने खेलाडी तथा अफिसियलहरूलाई बाँकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू र बर्दिया राष्ट्रिय निकुञ्जमा समेत अवलोकन भ्रमण गराइने प्याकेज बनाइएको उनले बताए । 

प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहने छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र आयोजक कोहलपुर रेसिङ्ग साहारा फुटबल क्लब बाँकेको सहभागिता रहने उनले बताए । 

प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख, दोस्रो हुनेलाई चार लाख, म्यान अफ दि टुर्नामेन्ट हुनेलाई ५१ हजार, बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०/१० हजार र हरेक दिन म्यान अफ दि म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको संरक्षक र मुख्य प्रायोजकमा कोहलपुर नगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९१ लाख २६ हजार रुपियाँ खर्च लागत लाग्ने अनुमान आयोजकले गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending