Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

बुद्धिचाल उपाधिकाे प्रतीक र यशस्वीलाई भ्यालीलाई

खबरडबली संवाददाता

काठमाडौं । प्रथम बज्रबाराही अन्तर काठमाडौँ भ्याली बुद्धिचाल प्रतियोगितामा छात्रतर्फ मनकामना सेकेन्डरी स्कुलका प्रतीक सुवेदी र छात्रामा मेधा सेकेन्डरी स्कुल भक्तपुरकी यशस्वी शर्मा च्याम्पियन बने । 

गोदावरी नगरपालिकाको प्रायोजनमा सम्पन्न सात चरणको प्रतियोगितामा सुवेदी र शर्माले ६.५ अङ्क जोडे । उपाधिसँगै दुवै जनाले जनही चार हजार रुपियाँ पुरस्कार पाए । छात्रमा पुष्प सदनका हार्दिक पन्त दोस्रो र एक्सेलसर स्कूलका श्रीजित श्रेष्ठ तेस्रो भए । छात्रामा ग्रिनहिल स्कूलकी एञ्जल महर्जन दोस्रो र अन्नपूर्ण उच्च माविकी ओजश्वी श्रेष्ठ तेस्रो भइन् । 

यस्तै गोदावरी नगरबाट बज्र एकेडेमीका बिभव जोशी, लालीगुराँस स्कुलका विभिन गुरुङ र विराटजंग शाही क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ लालीगुराँसकी कामना थापामगर, किटिनिकी नन्दलक्ष्मी खड्का र पेरिशा पहरी क्रमश: पहिला, दोस्रो र तेस्रो भइन् । 

प्रतियोगितामा ६० विद्यालयका एक सय २० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका थिए । विजेतालाई नेपाल बुद्धिचाल महासङ्घ प्रवक्ता राजु ताम्राकारलगायतले पुरस्कार प्रदान गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending