काठमाडौं । जर्मनीमा आज आम चुनावको मतदान हुँदैछ । वर्तमान चान्सलरको सामाजिक लोकतान्त्रिक पार्टी (एसपीडी) सर्वेक्षणमा पछाडि परेको छ । चान्सलरको दौडमा विपक्षी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का फ्रेडरिक माट्ज अगाडि छन् । यी बाहेक, एलिस वेडेलको कट्टरपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पनि राम्रो स्थान प्राप्त गर्ने अनुमान गरिएको छ ।
सर्वेक्षण अनुसार, २९ प्रतिशतले फ्रेडरिक माट्जको पार्टीलाई समर्थन गर्छन् भने २१ प्रतिशतले कट्टरपन्थी एलिसको पार्टी एएफडीलाई समर्थन गरेका छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी युवाहरू छन् । चान्सलर स्कोल्जको एसपीडी १६ प्रतिशत समर्थनका साथ तेस्रो स्थानमा छ ।
साथै, सत्तारुढ गठबन्धनको हिस्सा रहेको ग्रिन पार्टीले १२ प्रतिशत र फ्री डेमोक्रेटिक पार्टीले ७ प्रतिशत मत पाउन सक्ने अनुमान गरिएको छ । दुवै जना किङ मेकरको भूमिकामा आउन सक्ने पनि पूर्वानुमान गरिएको छ । जर्मनीमा मतदान समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म (नेपाली समय अनुसार दिउँसो १२:४५ बजेदेखि राति १०:४५ बजेसम्म) हुनेछ । ८.४ करोड जनसंख्या भएको जर्मनीमा ६ करोड जनताले आम चुनावमा मतदान गर्नेछन् ।
मतदान सकिएपछि एक्जिट पोल आउनेछ । यसैबीच, मतगणना पनि सुरु हुनेछ । मतदान सकिएको केही घण्टाभित्रै प्रारम्भिक नतिजा स्पष्ट हुनेछ । नतिजा सोमबार बिहानसम्ममा आधिकारिक रूपमा घोषणा गरिने जर्मनका मिडियाहरुले उल्लेख गरेका छन् ।
अमेरिकी व्यवसायी तथा टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कको संलग्नताले पनि चुनावलाई रोचक बनाएको छ । शनिबार मस्कले फेरि कट्टरपन्थी नेता एलिस वेडेललाई समर्थन व्यक्त गरेका थिए । अर्कोतर्फ, चुनावमा रुसी हस्तक्षेप प्रकाशमा आएको छ । विज्ञहरूका अनुसार 'डोपेलगेन्जर' र 'स्टर्म-१५१६' जस्ता समूहहरूले रुसबाट आएका हजारौं बोट आर्मीहरू मार्फत चुनावलाई प्रभाव पारिरहेको बताइएको छ । यी समूहहरूले सामाजिक सञ्जालमा विशेष गरी एक्समा दैनिक हजारौं भिडियोहरू-नक्कली समाचारहरू पोस्ट गरिरहेका छन् ।
यी पोस्टहरू एएफडीको समर्थनमा बनाइएका छन् र तिनीहरूले एसपीडीलाई प्रमुख निशाना बनाएका छन् । यी बाहेक, रूसका १०० भन्दा बढी नक्कली वेबसाइटहरूबाट नक्कली समाचार फैलिरहेको बताइएको छ । सर्वेक्षणमा माट्जको सीडीयू अगाडि रहेको भए पनि, पार्टीले ५० प्रतिशत भन्दा बढी मत पाउने देखिँदैन । जर्मनीमा, कुनै पनि दललाई सत्तामा आउन ५० प्रतिशत भन्दा बढी समर्थन चाहिन्छ, त्यसैले यहाँ प्रायः गठबन्धन सरकार बन्ने गरेको छ ।
युक्रेन युद्ध, रुस, अर्थतन्त्र र बजेट जस्ता मुद्दाहरू चुनावमा प्रमुख रुपमा उठेका छन् । यद्यपि, अवैध आप्रवासनलाई प्रमुख दलले ठुलो मुद्धा बनाएका छन् । एएफडीले जर्मनीमा हालै भएका आतंकवादी हमलाहरूलाई अवैध आप्रवासनसँग जोडिरहेको छ ।
सीडीयूले सीमाना कडा पार्ने र शरणार्थीहरूको लागि नागरिकता सर्तहरू कडा पार्ने बारेमा कुरा गरिरहेको छ । एसपीडी पनि सीमा कडाइको पक्षमा छ, तर दक्ष आप्रवासीहरूलाई प्रवेश दिने नीतिलाई निरन्तरता दिने बताउदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: