Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

मारिएका हिजबुल्लाह नेताको बेरूतमा भएको अन्त्येष्टिमा दशौं हजार सहभागी

खबरडबली संवाददाता

बेरुत । लेबनानी इस्लामिक लडाकू समूह हिजबुल्लाहको इजरायली आक्रमणमा मारिएका नेता हसन नसरल्लाहको अन्त्येष्टि आइतबार गरिएको छ । बेरुतको बाहिरी इलाकामा रहेको एक रङ्गशालामा हजारौँ मानिस कालो पहिरनमा सजिएर आफ्ना नेताप्रति शोक व्यक्त गरेका छन् ।

सहभागीमध्ये केहीले हिजबुल्लाहको झण्डा फहराइरहेका वा समूहका मारिएका नेता हसन नसरल्लाहको तस्वीर बोकेका देख्न सकिन्छ । अन्त्येष्टि समारोहमा दशौँ हजार मानिस सहभागी भएका सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा प्रत्यक्ष प्रशारण गरिएको स्वदेशी तथा विदेशी सञ्चारमाध्यमले देखाएका छन् ।

तीन दशकभन्दा बढी समयदेखि लेबनानी आन्दोलनको नेतृत्व गरेका चमत्कारिक हिजबुल्लाह नेता नसरल्लाको हत्याले इरान समर्थित समूहको लडाकु शक्तिका रूपमा प्रतिष्ठामा ठूलो धक्का पुगेको छ । हिजबुल्लाहले लेबनानका उच्च अधिकारीलाई निमन्त्रणा गरेको छ, जसमा इरानी संसदका सभामुख मोहम्मद बघर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची पनि उपस्थित थिए ।

अराघचीले बेरुतबाट एक भाषणमा मारिएका नेताहरूलाई ‘प्रतिरोधका दुई नायक’ को रूपमा वर्णन गरे र ‘प्रतिरोधको मार्ग जारी रहने’ प्रतिज्ञा गरे । दशकौँदेखि देशको राजनीतिमा पनि प्रमुख भूमिका खेलेको हिजबुल्लाहले लामो समयदेखि सामाजिक र आर्थिक सेवा प्रदान गरेर देशको बहुसङ्ख्यक शिया मुस्लिम समुदायमा समर्थन आधार पाएको छ ।

गत सेप्टेम्बरमा हिजबुल्लाहको दक्षिणी बेरुत किल्लामा इजरायली आक्रमणमा नसरल्लाहको मृत्यु भएपछि सुरक्षाका कारण ढिलाइ भएको समारोहस्थलमा लेबनान र बाहिरका धेरै पुरुष, महिला र केटाकेटीहरू कठोर जाडोमा पैदल हिँडेका देखिन्थे । तीमध्ये एक थिए ५५ वर्षीय उम महदी पनि “अन्तिम पटक नसरल्लाहलाई भेट्न र उनको अन्त्येष्टिमा सामेल हुन आएका महमीले हिजबुल्लाह नेता नसरल्लाहको मृत्युले आफू स्तब्ध भएको बताए । उनले भने, “निःसन्देह, हामी दुःखी भएका छौँ ।”

उनले भने, “सबै कुरा त्यागेका सय्यदका लागि हामीले कमसेकम यही गर्न (अन्त्येष्टिमा सहभागी हुन)सक्छौँ । यो नै हाम्रो उहाँप्रतिको इमान्दार सम्मान हो ।” भीड जम्मा हुनासाथ लेबनानको सरकारी सञ्चारमाध्यमले लेबनानको दक्षिणी क्षेत्रको सीमाबाट करिब २० किलोमिटर टाढा रहेको क्षेत्रमा इजरायली आक्रमण भएको जनाएको छ ।

यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानमा ‘इजरायली नागरिकका लागि आसन्न खतरा उत्पन्न गर्ने थुप्रै रकेट लन्चर’मा आक्रमण गरेको जनाएको छ । गत नोभेम्बर २७ मा हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौतापछि इजरायलले लेबनानमा धेरै पटक आक्रमण गरिसकेको छ ।

दक्षिण बेरुतका भित्ता र पुलहरूमा नसरल्लाहका उत्तराधिकारी हाशेम सफिद्दीनको विशाल चित्र राखिएको छ । उनीपनि इजरायलको अर्को हवाई आक्रमणमा मारिएको थियो । करिब ५० हजार दर्शक क्षमता रहेको यो रङ्गशालामा हिजबुल्लाहका आयोजकले मैदान र बाहिर दशौँ हजार अतिरिक्त सिटको व्यवस्था गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE