Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मारिएका हिजबुल्लाह नेताको बेरूतमा भएको अन्त्येष्टिमा दशौं हजार सहभागी

खबरडबली संवाददाता

बेरुत । लेबनानी इस्लामिक लडाकू समूह हिजबुल्लाहको इजरायली आक्रमणमा मारिएका नेता हसन नसरल्लाहको अन्त्येष्टि आइतबार गरिएको छ । बेरुतको बाहिरी इलाकामा रहेको एक रङ्गशालामा हजारौँ मानिस कालो पहिरनमा सजिएर आफ्ना नेताप्रति शोक व्यक्त गरेका छन् ।

सहभागीमध्ये केहीले हिजबुल्लाहको झण्डा फहराइरहेका वा समूहका मारिएका नेता हसन नसरल्लाहको तस्वीर बोकेका देख्न सकिन्छ । अन्त्येष्टि समारोहमा दशौँ हजार मानिस सहभागी भएका सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा प्रत्यक्ष प्रशारण गरिएको स्वदेशी तथा विदेशी सञ्चारमाध्यमले देखाएका छन् ।

तीन दशकभन्दा बढी समयदेखि लेबनानी आन्दोलनको नेतृत्व गरेका चमत्कारिक हिजबुल्लाह नेता नसरल्लाको हत्याले इरान समर्थित समूहको लडाकु शक्तिका रूपमा प्रतिष्ठामा ठूलो धक्का पुगेको छ । हिजबुल्लाहले लेबनानका उच्च अधिकारीलाई निमन्त्रणा गरेको छ, जसमा इरानी संसदका सभामुख मोहम्मद बघर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची पनि उपस्थित थिए ।

अराघचीले बेरुतबाट एक भाषणमा मारिएका नेताहरूलाई ‘प्रतिरोधका दुई नायक’ को रूपमा वर्णन गरे र ‘प्रतिरोधको मार्ग जारी रहने’ प्रतिज्ञा गरे । दशकौँदेखि देशको राजनीतिमा पनि प्रमुख भूमिका खेलेको हिजबुल्लाहले लामो समयदेखि सामाजिक र आर्थिक सेवा प्रदान गरेर देशको बहुसङ्ख्यक शिया मुस्लिम समुदायमा समर्थन आधार पाएको छ ।

गत सेप्टेम्बरमा हिजबुल्लाहको दक्षिणी बेरुत किल्लामा इजरायली आक्रमणमा नसरल्लाहको मृत्यु भएपछि सुरक्षाका कारण ढिलाइ भएको समारोहस्थलमा लेबनान र बाहिरका धेरै पुरुष, महिला र केटाकेटीहरू कठोर जाडोमा पैदल हिँडेका देखिन्थे । तीमध्ये एक थिए ५५ वर्षीय उम महदी पनि “अन्तिम पटक नसरल्लाहलाई भेट्न र उनको अन्त्येष्टिमा सामेल हुन आएका महमीले हिजबुल्लाह नेता नसरल्लाहको मृत्युले आफू स्तब्ध भएको बताए । उनले भने, “निःसन्देह, हामी दुःखी भएका छौँ ।”

उनले भने, “सबै कुरा त्यागेका सय्यदका लागि हामीले कमसेकम यही गर्न (अन्त्येष्टिमा सहभागी हुन)सक्छौँ । यो नै हाम्रो उहाँप्रतिको इमान्दार सम्मान हो ।” भीड जम्मा हुनासाथ लेबनानको सरकारी सञ्चारमाध्यमले लेबनानको दक्षिणी क्षेत्रको सीमाबाट करिब २० किलोमिटर टाढा रहेको क्षेत्रमा इजरायली आक्रमण भएको जनाएको छ ।

यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानमा ‘इजरायली नागरिकका लागि आसन्न खतरा उत्पन्न गर्ने थुप्रै रकेट लन्चर’मा आक्रमण गरेको जनाएको छ । गत नोभेम्बर २७ मा हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौतापछि इजरायलले लेबनानमा धेरै पटक आक्रमण गरिसकेको छ ।

दक्षिण बेरुतका भित्ता र पुलहरूमा नसरल्लाहका उत्तराधिकारी हाशेम सफिद्दीनको विशाल चित्र राखिएको छ । उनीपनि इजरायलको अर्को हवाई आक्रमणमा मारिएको थियो । करिब ५० हजार दर्शक क्षमता रहेको यो रङ्गशालामा हिजबुल्लाहका आयोजकले मैदान र बाहिर दशौँ हजार अतिरिक्त सिटको व्यवस्था गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending