Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

ठेक्का अवधि सकियो, तर सडक कालोपत्र भएन

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकिए पनि अझै काम सुरु भएको छैन ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर सडकलाई ११ मिटर चौडाइका दरले अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न बेनीको सक्षम ब्रर्दश प्रालिले ठेक्का लिएको थियो ।

रु ९२ लाख ४१ हजारमा २०८१ भदौ १४ गते उक्त कम्पनीसँग भएको सम्झौताको अवधि गत माघ मसान्तमा सकिए पनि कालोपत्र नगरेपछि जरिवाना तिराउन थालिएको योजना प्रमुख ध्रुवकुमार झाले बताए । “निर्माण कम्पनीले कालोपत्र गर्न बेवास्ता गरेपछि फागुन १ गतेदेखि लागू हुने गरी कूल ठेक्का सम्झौता रकमको दैनिक ०‍.०५ प्रतिशतका दरले हर्जना तिराएका छौँ”, उनले भने, “ठेक्का सम्झौता रकमको १० प्रतिशतसम्म जरिवाना तिराउन पाउने सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाले दिएको अधिकार प्रयोग गरिएका हौँ । भुक्तानी गर्ने समयमा जरिवाना रकम घटाउँछौँ, काम नगरे जमानत बसेको बैंकबाट असुल हुन्छ ।”

सम्झौतालगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्र भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो । उक्त कम्पनीको कालोपत्र गर्ने उपकरण नभएको र अरुका उपकरणमा निर्भर पर्दा ढिलाइ भएको हो ।

उपकरण जुटाउन नसकेर निर्माण कम्पनीले जिल्ला भित्रने मुख्य नाकामा रहेको सडक कालोपत्रमा ढिलाइ गर्दा स्थानीयवासीलाई धुलोले सास्ती हुनुका साथै समग्र जिल्लाकै बारेमा नकारात्मक सन्देश प्रवाह भएको बेनी–नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

मुस्ताङ भ्रमणमा आउने पर्यटकले बसपार्कस्थित सडक हिउँदमा धुलो, बर्खायाममा हिलो र सडकमा परेका खाल्टाखुल्टीका कारण सास्ती भोग्दै आएका छन् । यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने, धुलो छ । सक्षम ब्रर्दशका सञ्चालक मनोज कार्कीले काठमाडौँबाट अक्सफाल्ट गर्ने उपकरण र निर्माण सामग्री ल्याउन लागेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending