Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कुलमान हटाउने लिखित प्रस्ताव बोकेर सिंहदरबारबाट हिँडेका ऊर्जामन्त्री खड्का बालुवाटार पुग्दा रोकिए

खबरडबली संवाददाता

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक थियो । प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमै साँझपख बैठक डाकेका थिए । उक्त बैठकका लागि ऊर्जामन्त्री दीपक खड्काको एकसूत्रीय एजेन्डा थियो– विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने । उनी कुलमानलाई हटाउने लिखितै प्रस्ताव बोकेर सिंहदरबारस्थित मन्त्रालयबाट बालुवाटार हिँडेका थिए । तर, मन्त्रिपरिषद् बैठकमा भने उनले उक्त प्रस्ताव खल्तीबाटै निकालेनन् । 

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार ऊर्जामन्त्री खड्काले कुलमान हटाउने प्रस्ताव पेस गरेनन् । प्रस्ताव नै नआएपछि प्रधानमन्त्री ओलीले पनि त्यस विषयमा कुनै चासो व्यक्त नगरेको उनले बताए । मन्त्रिपरिषद् बैठकअघि नै प्रधानमन्त्री र ऊर्जामन्त्रीबिच त्यस विषयमा छलफल भएकाले प्रस्ताव नआएको हुन सक्ने उनले बताए । 

‘कुलमानलाई हटाउने प्रस्ताव आउँछ भन्नेबारे हामी मन्त्रीहरूबिच पनि कुराकानी चलेको थियो, तर कुनै प्रस्ताव आएन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि कुनै चासो राख्नुभएन, यस विषयमा छलफल नै भएन । सायद सत्तारूढ दुवै पार्टीको नेतृत्व तहमा वा प्रधानमन्त्री र ऊर्जामन्त्रीबिच पहिल्यै छलफल भएर रोकिएको हो कि !’

कुलमान हटाउन ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको थाहा पाएपछि ऊर्जाराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले दिउँसै सचेत गराएका थिए । राम्रो काम गर्ने कर्मचारीमाथि सत्ताले शक्ति देखाउन नहुने भन्दै उनी मन्त्रीको प्रतिवादमा विगतदेखि उभिँदै आएका छन् । सोमबार दिउँसो पनि आफूले कुलमानमाथि कारबाही नगर्न सम्झाएको तामाङले बताए ।

‘सोमबार दिउँसो सवा १ बजेदेखि आधा घण्टा मैले मन्त्रीज्यूसँग कुरा गरेँ । कुलमान राम्रो मान्छे हो, उनलाई हटाउने प्रस्ताव लानुहुँदैन भनेर सम्झाएँ । राम्रो काम गरेको कर्मचारीलाई कुनै गल्तीविना हटाउँदा जनतामा राम्रो सन्देश जाँदैन भनेँ,’ उनले भने, ‘मन्त्रीज्यूले मेरो कुरा अलि बढी सुन्नुभयो । आफू कम बोल्नुभयो ।’

ऊर्जा राज्यमन्त्री तामाङका अनुसार कुलमान हटाउने कि राख्ने भन्ने विषय आफ्नो अधीनमा नभएर प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तहमा पुगेको मन्त्री खड्काले जवाफ दिएका थिए । ‘मैले प्रस्ताव लैजान हुँदैन भनेर सम्झाउँदा मन्त्रीज्यूले कुलमानलाई हटाउने कि राख्ने भन्ने विषय शेरबहादुर देउवा र प्रधानमन्त्रीज्यूले निर्णय गर्ने तहमा पुगेको छ, अब मेरो हातमा केही छैन भन्ने जवाफ दिनुभयो,’ उनले भने । ऊर्जामन्त्री खड्का र ऊर्जा राज्यमन्त्री तामाङ दुवै एउटै पार्टी कांग्रेसका हुन् ।

देश चरम लोडसेडिङमा रहेका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीहरूले १० वर्षअघि प्रिमियम महसुल नबुझाएपछि उद्योगमा लाइन काटेर भए पनि बक्यौता उठाउने कसरतमा कुलमान छन् । तर, प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्का बक्यौता तिर्न अटेर गर्ने उद्योगीको पक्षमा खुलेरै लागेका छन् । उद्योगीको चाहनाबमोजिम उनीहरू कुलमानलाई पदबाटै हटाउन निरन्तर कोसिस गर्दै आएका छन् । तर, लोडसेडिङ अन्त्य मात्रै होइन, विगतमा घाटामा चलेको प्राधिकरणलाई आफ्नो नेतृत्वमा देशकै बढी नाफा कमाउने संस्थानमा पुर्‍याएका उनलाई आमसर्वसाधारणको अपार साथ छ । कुलमान हटाउँदा राजनीतिक रूपमा ठुलो क्षति खेप्नुपर्ने डर कांग्रेस–एमालेलाई छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तावसमेत राख्न नसकेपछि ऊर्जामन्त्री खड्का ‘आज पनि कुलमानलाई हटाउन सकिनँ’ भन्दै निराश भएर फर्किएका स्रोतले बतायो । अब कुलमान हटाउने विषय आफ्नो अधीनमा नरहेको उनले निकटस्थहरूलाई समेत बताएका छन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending