Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कुलमान हटाउने लिखित प्रस्ताव बोकेर सिंहदरबारबाट हिँडेका ऊर्जामन्त्री खड्का बालुवाटार पुग्दा रोकिए

खबरडबली संवाददाता

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक थियो । प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमै साँझपख बैठक डाकेका थिए । उक्त बैठकका लागि ऊर्जामन्त्री दीपक खड्काको एकसूत्रीय एजेन्डा थियो– विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने । उनी कुलमानलाई हटाउने लिखितै प्रस्ताव बोकेर सिंहदरबारस्थित मन्त्रालयबाट बालुवाटार हिँडेका थिए । तर, मन्त्रिपरिषद् बैठकमा भने उनले उक्त प्रस्ताव खल्तीबाटै निकालेनन् । 

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार ऊर्जामन्त्री खड्काले कुलमान हटाउने प्रस्ताव पेस गरेनन् । प्रस्ताव नै नआएपछि प्रधानमन्त्री ओलीले पनि त्यस विषयमा कुनै चासो व्यक्त नगरेको उनले बताए । मन्त्रिपरिषद् बैठकअघि नै प्रधानमन्त्री र ऊर्जामन्त्रीबिच त्यस विषयमा छलफल भएकाले प्रस्ताव नआएको हुन सक्ने उनले बताए । 

‘कुलमानलाई हटाउने प्रस्ताव आउँछ भन्नेबारे हामी मन्त्रीहरूबिच पनि कुराकानी चलेको थियो, तर कुनै प्रस्ताव आएन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि कुनै चासो राख्नुभएन, यस विषयमा छलफल नै भएन । सायद सत्तारूढ दुवै पार्टीको नेतृत्व तहमा वा प्रधानमन्त्री र ऊर्जामन्त्रीबिच पहिल्यै छलफल भएर रोकिएको हो कि !’

कुलमान हटाउन ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको थाहा पाएपछि ऊर्जाराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले दिउँसै सचेत गराएका थिए । राम्रो काम गर्ने कर्मचारीमाथि सत्ताले शक्ति देखाउन नहुने भन्दै उनी मन्त्रीको प्रतिवादमा विगतदेखि उभिँदै आएका छन् । सोमबार दिउँसो पनि आफूले कुलमानमाथि कारबाही नगर्न सम्झाएको तामाङले बताए ।

‘सोमबार दिउँसो सवा १ बजेदेखि आधा घण्टा मैले मन्त्रीज्यूसँग कुरा गरेँ । कुलमान राम्रो मान्छे हो, उनलाई हटाउने प्रस्ताव लानुहुँदैन भनेर सम्झाएँ । राम्रो काम गरेको कर्मचारीलाई कुनै गल्तीविना हटाउँदा जनतामा राम्रो सन्देश जाँदैन भनेँ,’ उनले भने, ‘मन्त्रीज्यूले मेरो कुरा अलि बढी सुन्नुभयो । आफू कम बोल्नुभयो ।’

ऊर्जा राज्यमन्त्री तामाङका अनुसार कुलमान हटाउने कि राख्ने भन्ने विषय आफ्नो अधीनमा नभएर प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तहमा पुगेको मन्त्री खड्काले जवाफ दिएका थिए । ‘मैले प्रस्ताव लैजान हुँदैन भनेर सम्झाउँदा मन्त्रीज्यूले कुलमानलाई हटाउने कि राख्ने भन्ने विषय शेरबहादुर देउवा र प्रधानमन्त्रीज्यूले निर्णय गर्ने तहमा पुगेको छ, अब मेरो हातमा केही छैन भन्ने जवाफ दिनुभयो,’ उनले भने । ऊर्जामन्त्री खड्का र ऊर्जा राज्यमन्त्री तामाङ दुवै एउटै पार्टी कांग्रेसका हुन् ।

देश चरम लोडसेडिङमा रहेका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीहरूले १० वर्षअघि प्रिमियम महसुल नबुझाएपछि उद्योगमा लाइन काटेर भए पनि बक्यौता उठाउने कसरतमा कुलमान छन् । तर, प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्का बक्यौता तिर्न अटेर गर्ने उद्योगीको पक्षमा खुलेरै लागेका छन् । उद्योगीको चाहनाबमोजिम उनीहरू कुलमानलाई पदबाटै हटाउन निरन्तर कोसिस गर्दै आएका छन् । तर, लोडसेडिङ अन्त्य मात्रै होइन, विगतमा घाटामा चलेको प्राधिकरणलाई आफ्नो नेतृत्वमा देशकै बढी नाफा कमाउने संस्थानमा पुर्‍याएका उनलाई आमसर्वसाधारणको अपार साथ छ । कुलमान हटाउँदा राजनीतिक रूपमा ठुलो क्षति खेप्नुपर्ने डर कांग्रेस–एमालेलाई छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तावसमेत राख्न नसकेपछि ऊर्जामन्त्री खड्का ‘आज पनि कुलमानलाई हटाउन सकिनँ’ भन्दै निराश भएर फर्किएका स्रोतले बतायो । अब कुलमान हटाउने विषय आफ्नो अधीनमा नरहेको उनले निकटस्थहरूलाई समेत बताएका छन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending