काठमाडौँ । रुस-युक्रेन युद्धको बारेमा छलफल गर्न ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौता सुरक्षा ग्यारेन्टीद्वारा समर्थित हुनुपर्ने बताएका छन् ।
राष्ट्रपति म्याक्रोनले युक्रेनमा शान्तिको अर्थ युक्रेनले समर्पण गरोस् भन्ने हुन नहुने बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने- 'यो शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन, यसको अर्थ ग्यारेन्टी बिनाको युद्धविराम हुनु हुँदैन ।'
ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने लागत र व्यय अमेरिकाले मात्र नभई युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका थिए ।
ट्रम्पलाई जवाफ दिँदै म्याक्रोनले युरोपले सुरक्षा लागतलाई अझ समान रूपमा बाँडफाँड गर्ने आवश्यकता महसुस गरेको जवाफ दिएका थिए । उनले रुसी आक्रमणको तेस्रो वार्षिकोत्सवमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको पनि बताए ।
ट्रम्पले आफूले सकेसम्म चाँडो युद्धविराम चाहेको बताउदै यसबारे सहमति भएपछि उनी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रूस जाने बताएका छन्।
ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि दबाब बढाउदै अमेरिका र युक्रेनबीच खनिज सम्झौता गर्ने अन्तिम तयारीमा रहेका छन् । उता युक्रेन अमेरिकासँग खनिज सम्झौता गरेर रुससँगको युद्धको सहज अवतरणको पक्षमा रहेको संकेत देखिएको छ । हालै जेलेन्स्कीले शान्ति वा नेटोको सदस्यता पाएमा आफू पद त्याग्न तयार रहेको बताउदै यसको संकेत दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...
बैशाख ३० गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...
बैशाख ३० गते, २०८३ - १२:२१
काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...



प्रतिकृया लेख्नुहोस्: