काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा सेना दिवस-२०८१ आज फाल्गुण १४ गते विविध कार्यक्रमहरू सहित मनाइएको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको सुरुमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही-२०८१ विमोचन गर्नुका साथै फ्री-फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः सेनानी जगन्नाथ दनै र अमल्दार मित्र बहादुर राना मगरलाई पुरस्कार प्रदान गरे । त्यसैगरी कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने नेपाली सेना सहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गरे ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
सो अवसरमा प्रधानसेनापतिले गैरसैनिक क्षेत्रका ब्यक्तित्वहरुलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता-२०८१ मा प्रथम तथा द्वितीय हुने क्रमशः उपत्यका पृतना र उत्तर पश्चिम पृतनालाई पुरस्कृत गरेका थिए ।
समारोहमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, मित्रराष्ट्र भारतका पूर्व स्थल सेनाध्यक्षहरु, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, महामहिम राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, युवा आदान प्रदान कार्यक्रममा सहभागी बिभिन्न देशका क्याडेटहरु र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...
जेष्ठ २६ गते, २०८३ - १६:४६
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...
जेष्ठ २६ गते, २०८३ - १६:३०
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...
जेष्ठ २६ गते, २०८३ - १६:०२
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...
जेष्ठ २६ गते, २०८३ - १५:४१
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...
जेष्ठ २६ गते, २०८३ - १५:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...



प्रतिकृया लेख्नुहोस्: