काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन नेपाली चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ को प्रदर्शन सुरु गरिएको छ ।
नयाँ चलचित्र शुक्रबारदेखि प्रदर्शन हुने भए पनि महाशिवरात्रिको बिदाको अवसर पारेर तीनै चलचित्र बुधबार नै प्रदर्शन भएका हुन् । केही चलचित्रले सार्वजनिक प्रदर्शन अगाडि आयोजित विशेष प्रदर्शनीमार्फत सकारात्मक प्रतिक्रिया बटुलिसकेका छन् ।
‘लाज शरणम्’ लाई हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ को समूहले निर्माण गरेको हो । कुमार कट्टेलले निर्देशन गर्नुभएको चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारले अभिनय गरेका छन् ।
यस चलचित्रलाई प्रदर्शकले उत्साहजनक रूपमा ‘शो’ सङ्ख्या उपलब्ध गराएका छन् । निर्देशक कट्टेलले शृङ्खलामार्फत दर्शकबाट प्राप्त गरेको विश्वासलाई बढाउने काम चलचित्रमा गरेको बताए ।
उनले भने, “यो चलचित्रमा मनोरञ्जनसँगै नेपाली समाजमा बढ्दो विकृतिलाई व्यङ्ग्य गरेका छौँ । यसले मनोरञ्जनका साथै केही सन्दर्भमा सोच्न बाध्य बनाउँछ । हामीले सक्दो मेहनत गरेर चलचित्र बनाएका छौँ ।”
चलचित्र ‘फेरि रेशम फिलिली’ मा युवापुस्तामा बढो विदेश मोहलाई व्यङ्ग्य गरिएको छ । लेखक तथा निर्देशक निरोज महर्जनले मनोरञ्जनात्मक शैलीमा चलचित्रभित्र गम्भीर विषयलाई प्रस्तुत गरिएको जानकारी दिए।
“युवापुस्तामा बढ्दो विदेश मोह, त्यसले समाजमा पार्ने प्रभावलाई समेटेर चलचित्र तयार गरेका छौँ । यसले विदेश मोहले निम्त्याउने हरेक घटनाक्रमलाई समेटेको छ । त्यसकारण यो पूर्ण पारिवारिक मनोरञ्जनात्मक चलचित्र बनेको छ । चलचित्र हेरेर घर पुग्दासमेत यसमा उठाइएको विषयले दर्शकलाई सोच्न बाध्य बनाउने छ”, उनले भने।
चलचित्रमा अभिनेता विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन् ।
चलचित्र ‘मायावी’ लाई दीवाकर भट्टराईले निर्देशन गर्नुभएको छ । प्रेम कथामा तयार भएको यस चलचित्रमा अभिनेता पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अन्सु महर्जन, नवअभिनेता समीम खानलगायत कलाकारले अभिनय गरेका छन् ।
निर्देशक भट्टराईले बनिरहेका नियमित चलचित्रभन्दा ‘मायावी’ फरक प्रेम कथामा तयार भएको बताए । उनले भने, “यसको प्रस्तुतीकरण र पटकथा हेरिरहेका नेपाली चलचित्रभन्दा भिन्न छ । यसको कथालाई शब्दमा प्रस्ट्याउन सकिँदैन, हेरेपछि मैले यसलाई किन निर्माण र निर्देशन गरेँ भन्ने बुझ्नुहुनेछ । यो हेर्नेसँगै महसुस गर्ने चलचित्र बनेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...




प्रतिकृया लेख्नुहोस्: