टोकियो । उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
सार्वजनिक प्रसारक एनएचकेमा प्रसारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ । स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
बिहीबार बिहानसम्म शहरका अधिकारीहरूले आगोबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरेका छन् । सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ ।
ओफुनातोका मेयर कियोशी फुचिगामीले बुधबार साँझ भएको आगलागीलाई ‘ठुलो परिमाणको’ भन्दै मोनाकोभन्दा तीन गुणा बढी ६०० हेक्टर (१,५०० एकड) जमिन जलेर नष्ट भएको बताएको छन ।
आगलागीको कारण भने खुल्न नसकेको उनले बताए। सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा जापानमा करिब एक हजार ३०० वटा बढी डढेलो लागेको थियो ।
फुचिगामीका अनुसार इवातेमा लागेको पछिल्लो डढेलोको अवस्थामा पश्चिमबाट आएको ’तीव्र बतास’ले सोही क्षेत्रमा स–साना डढेलोको शृङ्खला फैलाउन मद्दत गरेको छ ।
उद्धार गरिएकी ४५ वर्षीया एक महिलाले एनएचकेसँग आफू कामबाट फर्किँदा आगो आफ्नो घरनजिक आइरहेको बताए । उनले भने, “मेरा बच्चाहरू सुरक्षित छन् भन्ने जानकारी प्राप्त गरेपछि मलाई राहत महसुस भयो ।”
अर्का एक जना ३२ वर्षीय व्यक्तिले एनएचकेसँग भने, “यति तीव्र गतिमा डढेलो लागेको मैले पहिलो पटक देखेको हुँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - १०:१५
हुम्ला । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिन...
बैशाख २१ गते, २०८३ - ०९:५२
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् उनले ...
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...


प्रतिकृया लेख्नुहोस्: