Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ- मन्त्री यादव

खबरडबली संवाददाता

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देशभरका शाखाहरुलाई नाफामै ल्याएर छोडिने बताएका ह्हन । संस्थानलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान (खेल परिवर्तक योजना) ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नेपाल खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले संस्थानले लाखौँ नेपाली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै यसको महत्वलाई उच्च मूल्याङ्कन गरे । उनले संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको बताए ।

मन्त्री यादवले संस्थानलाई घाटाबाट मुक्त गर्न सबै कर्मचारीले गम्भीर भएर सोच्नुपर्ने र योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “संस्थान कस्को कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संस्थान रहे मात्र हामी सबैलाई फाइदा हुन्छ, घाटामा गएर नै संस्थान बन्द भयो भने दोष कसलाई दिने ?”

मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए । उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, “खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ ।”

नाफामा रहेका अन्य शाखाहरुबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाई छ । संस्थानमा महाप्रवन्धकको दश महिनादेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै उहाँले निकै अप्ठेरो परिस्थितीका बाबजुद् आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रवन्धक नियुक्त गर्न सफल भएको बताउनुभयो । साथै, उहाँले कर्मचारीको हकहितका सहयोग गर्नका लागि संस्थानको नयाँ विनियमावली चाँडै कार्यान्वयनमा ल्याइने आश्वासन दिँदै भने, “संस्थानका कर्मचारीहरुको हहितका लागि नयाँ विनियमावली आउँदै छ । आएको दिन तपाईंहरू दिपावली मनाउनुहुनेछ ।” हाल २२ वटा शाखा कार्यालयमार्फत १५ लाख जनसंख्यालाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गरिरहेको जानकारी दिँदै मन्त्री यादवले सेवा थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

सरकारको नीति अनुरूप “एक घर–एक धारा” कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । संस्थानको आगामी त्रिवर्षीय योजनाअनुसार ६० हजार नयाँ घरधुरीलाई धारा वितरण गरी ७ करोड ४० लाख लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । यस योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताए ।

काठमाडौँ उपत्यका बाहिरका शहरी क्षेत्रमा सहज, सुरक्षित र पर्याप्त खानेपानी वितरणको जिम्मेवारी बोकेको संस्थानले अब स्थानीय तहहरूसँग अझ बलियो सहकार्य गर्ने विश्वास व्यक्त गर्दै मन्त्री यादवले भने, “संस्थानलाई अझ सबल बनाउने मेरो व्यक्तिगत तथा मन्त्रालयको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग रहनेछ ।”

संस्थानले खानेपानी सेवामा पारदर्शिता, पहुँच र गुणस्तर कायम राख्दै नागरिकको विश्वास जित्नुपर्ने मन्त्री यादवको भनाइ छ । उनले दिगो विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न संस्थानको योगदान अत्यन्तै महत्त्वपूर्ण हुने स्पष्ट पारे ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending