रौतहट । रौतहटको मौलापुर नगरालिकाद्वारा आयोजित छैटौं मधानी महोत्सवको अवसरमा लागेको मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट गरिएको छ।
मेलामा घुमी-घुमी राम पालको किताब च्यात्दै बेच्नेहरूलाई दिन्दुवादी युवाहरूको समूहले कुटपिट गरेका हुन्।
किताब च्यातेपछि राम पालका अनुयायी र युवाहरूबीच झड्प हुँदा दुवैतर्फका मानिसलाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार राय बताए।
राम पालका अनुयायीमध्ये एक जनालाई बढी चोटपटक लागेर मौलापुरस्थित एक अस्पतालमा भर्ना हुने स्थिति देखिएसँगै प्रहरीले हिन्दुवादी युवामध्ये एक जनालाई नियन्त्रणमा लिएको थियो।
घाइतेको अवस्था सामान्य भएपछि पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय मौलापुरले जमानीमा छोडेको छ।
त्यसैगरी, महाशिवरात्रीको अवसरमा शिवनगर महादेव स्थानमा लागेको मेलामा राम पालको किताब बेच्ने समूह र युवा समूहबीच घम्साघम्सी भएको थियो।
मेलाछेऊ पुलमा दुवै समूहबीच झड्प हुने स्थिति भएको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टोलीले दुबै समूहलाई धपाउँदा कुटपिट हुनबाट जोगिएको सई बब्लुकान्त झाले बताए।
यौन हिंसालगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका भारतीय नागरिक राम पाललाई उनका अनुयायीले भगवान मानेर किताब बिक्री गरेको र सोझासादा मानिसलाई भ्रममा पारेको भन्दै हिन्दुवादी युवाहरूले प्रदेशभरि विरोध गर्दै आएका छन्।
मौलापुरमा पाँच दिने महायज्ञ मेला बिहीबार सम्पन्न भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - १७:३२
काठमाडौँ। देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठम...
फाल्गुन २४ गते, २०८२ - १७:२४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रामेछाप निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी...
फाल्गुन २४ गते, २०८२ - १७:१३
पेरिस। मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाही तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका ...
फाल्गुन २४ गते, २०८२ - १६:४२
दमक। झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ...
फाल्गुन २४ गते, २०८२ - १६:३३
भोजपुर। भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राई...
फाल्गुन २४ गते, २०८२ - १६:२६
सिन्धुपाल्चोक। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित भएको छन्।...
फाल्गुन २४ गते, २०८२ - १५:५८
धनगढी। नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित भएको छन्। गृह नगरसमेत रह...
फाल्गुन २४ गते, २०८२ - १५:३१
बर्दीबास। महोत्तरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साहले 'ह्याभी वेट' नेता शरदसिंह भण्डारीलाई भारी मतान्तरल...
फाल्गुन २४ गते, २०८२ - १५:२०
काठमाडौँ। देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको स...
फाल्गुन २४ गते, २०८२ - १५:१७
कैलाली। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं.४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ क...



प्रतिकृया लेख्नुहोस्: