Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणको मुख्य लक्ष्य हाँसिल गर्न चीन अझै सङ्घर्षरत

खबरडबली संवाददाता

बेइजिङ। चीनमा नवीकरणीय ऊर्जाको वृद्धि भए पनि कोइलाको प्रभाव कायमै रहेकाले उत्सर्जन निरन्तर बढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक चीनले सन् २०२४ मा जलवायु परिवर्तनको प्रमुख लक्ष्य हासिल गर्न नसकेको तथ्याङ्कले देखाएको छ ।  

बेइजिङको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार कार्बन डाइअक्साइड उत्सर्जन मापन गर्ने कार्बन तीव्रता सन् २०२४ मा ३।४ प्रतिशतले घटेको छ । यो देशलाई सन् २०२० देखि २०२५ सम्ममा कार्बन उत्सर्जनलाई १८ प्रतिशतले घटाउने चीनको लक्ष्यभन्दा निकै कम हो ।

तथ्याङ्कले सन् २०२४ मा पनि कुल कार्बन उत्सर्जनमा वृद्धि भइरहेको देखाएको छ ।

थिङ्क ट्याङ्क एम्बरका एशियाका लागि वरिष्ठ ऊर्जा विश्लेषक मुयी याङले चीनको औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन वृद्धिले जलवायु परिवर्तनको असर  न्यूनीकरणका लागि तोकिएका कार्बन उत्सर्जन नियन्त्रणका लागि तय भएको लक्ष्यतर्फको प्रगतिलाई रोकेको बताए।

“तीव्र औद्योगिक वृद्धिले ऊर्जाको मागलाई तीव्र गतिमा वृद्धि गर्न प्रेरित गरेको छ जसले स्वच्छ ऊर्जा पूर्वाधारको निर्माणलाई उछिनेको छ,” उनले भने ।

“औद्योगिक उत्पादन वृद्धि सुनिश्चित गर्न ऊर्जा बजारमा लचकता बढाउने र स्वच्छ ऊर्जा पूर्वाधार थप्ने जस्ता सुधारहरू ‘दिगो ऊर्जा भविष्यको मूल्यमा आउँदैन’ भनेर सुनिश्चित गर्न आवश्यक छ,” उनले भने।

पेरिस जलवायु सम्झौताअन्तर्गत सन् २०३५ सम्ममा विश्वव्यापी तापक्रम लक्ष्य हासिल गर्न कसरी योगदान पुर्‍याउने भन्नेबारे प्रत्येक पाँच वर्षमा कार्ययोजना प्रस्तुत गरिन्छ ।

चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनको मात्रा सन् २००५ को तुलनामा ६५ प्रतिशतले घटाउनुपर्ने छ । चीन जलवायु परिवर्तनलाई बढावा दिने हरितगृह ग्याँसको सबैभन्दा ठुलो उत्सर्जक हो साथै, नवीकरणीय ऊर्जाको केन्द्र पनि हो ।

चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई उच्च बनाउने र सन् २०६० सम्ममा शून्यमा पुग्ने योजना बनाएको छ । सन् २०२३ को तुलनामा कुल ऊर्जा खपत ४।३ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

देशको आधाभन्दा बढी हिस्सा ऊर्जा प्रदान गर्न कोइला एक महत्वपूर्ण प्रदूषक हो र यद्यपि नवीकरणीय ऊर्जाले पनि गत वर्ष चीनमा तीव्र उछाल देखेको थियो ।

विश्लेषक याङले भने, “चीन द्रुत गतिमा यस्तो चरणमा पुगेको छ जहाँ सबै बढ्दो बिजुलीको माग नवीकरणीय स्रोतहरूद्वारा पूरा हुनेछ ।”

“एक पटक पार भएपछि, कोइला शक्ति निरपेक्ष रूपमा घट्न थाल्नेछ,” उनले भने । बेइजिङले सन् २०२६ देखि सन् २०३० सम्मका लागि आफ्नो १५औं पञ्चवर्षीय योजनाको विवरण यसै वर्षको अन्त्यमा सार्वजनिक गर्ने भएको छ ।

फेब्रुअरीमा यसले पेरिस सम्झौताअन्तर्गत राष्ट्रिय रूपमा निर्धारित योगदान ९एनडीसी० को रूपमा चिनिने नयाँ उत्सर्जन लक्ष्यहरू प्रस्तुत गर्ने पनि बताएको थियो। केही देशले मात्र अहिलेसम्म नयाँ एनडीसी पेश गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने

हुम्ला । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिन...

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री बालेनको स्पष्टिकरण: आवासको हक सुनिश्चित गर्न कदम चालिएका हुन्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् उनले ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending