Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणको मुख्य लक्ष्य हाँसिल गर्न चीन अझै सङ्घर्षरत

खबरडबली संवाददाता

बेइजिङ। चीनमा नवीकरणीय ऊर्जाको वृद्धि भए पनि कोइलाको प्रभाव कायमै रहेकाले उत्सर्जन निरन्तर बढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक चीनले सन् २०२४ मा जलवायु परिवर्तनको प्रमुख लक्ष्य हासिल गर्न नसकेको तथ्याङ्कले देखाएको छ ।  

बेइजिङको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार कार्बन डाइअक्साइड उत्सर्जन मापन गर्ने कार्बन तीव्रता सन् २०२४ मा ३।४ प्रतिशतले घटेको छ । यो देशलाई सन् २०२० देखि २०२५ सम्ममा कार्बन उत्सर्जनलाई १८ प्रतिशतले घटाउने चीनको लक्ष्यभन्दा निकै कम हो ।

तथ्याङ्कले सन् २०२४ मा पनि कुल कार्बन उत्सर्जनमा वृद्धि भइरहेको देखाएको छ ।

थिङ्क ट्याङ्क एम्बरका एशियाका लागि वरिष्ठ ऊर्जा विश्लेषक मुयी याङले चीनको औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन वृद्धिले जलवायु परिवर्तनको असर  न्यूनीकरणका लागि तोकिएका कार्बन उत्सर्जन नियन्त्रणका लागि तय भएको लक्ष्यतर्फको प्रगतिलाई रोकेको बताए।

“तीव्र औद्योगिक वृद्धिले ऊर्जाको मागलाई तीव्र गतिमा वृद्धि गर्न प्रेरित गरेको छ जसले स्वच्छ ऊर्जा पूर्वाधारको निर्माणलाई उछिनेको छ,” उनले भने ।

“औद्योगिक उत्पादन वृद्धि सुनिश्चित गर्न ऊर्जा बजारमा लचकता बढाउने र स्वच्छ ऊर्जा पूर्वाधार थप्ने जस्ता सुधारहरू ‘दिगो ऊर्जा भविष्यको मूल्यमा आउँदैन’ भनेर सुनिश्चित गर्न आवश्यक छ,” उनले भने।

पेरिस जलवायु सम्झौताअन्तर्गत सन् २०३५ सम्ममा विश्वव्यापी तापक्रम लक्ष्य हासिल गर्न कसरी योगदान पुर्‍याउने भन्नेबारे प्रत्येक पाँच वर्षमा कार्ययोजना प्रस्तुत गरिन्छ ।

चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनको मात्रा सन् २००५ को तुलनामा ६५ प्रतिशतले घटाउनुपर्ने छ । चीन जलवायु परिवर्तनलाई बढावा दिने हरितगृह ग्याँसको सबैभन्दा ठुलो उत्सर्जक हो साथै, नवीकरणीय ऊर्जाको केन्द्र पनि हो ।

चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई उच्च बनाउने र सन् २०६० सम्ममा शून्यमा पुग्ने योजना बनाएको छ । सन् २०२३ को तुलनामा कुल ऊर्जा खपत ४।३ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

देशको आधाभन्दा बढी हिस्सा ऊर्जा प्रदान गर्न कोइला एक महत्वपूर्ण प्रदूषक हो र यद्यपि नवीकरणीय ऊर्जाले पनि गत वर्ष चीनमा तीव्र उछाल देखेको थियो ।

विश्लेषक याङले भने, “चीन द्रुत गतिमा यस्तो चरणमा पुगेको छ जहाँ सबै बढ्दो बिजुलीको माग नवीकरणीय स्रोतहरूद्वारा पूरा हुनेछ ।”

“एक पटक पार भएपछि, कोइला शक्ति निरपेक्ष रूपमा घट्न थाल्नेछ,” उनले भने । बेइजिङले सन् २०२६ देखि सन् २०३० सम्मका लागि आफ्नो १५औं पञ्चवर्षीय योजनाको विवरण यसै वर्षको अन्त्यमा सार्वजनिक गर्ने भएको छ ।

फेब्रुअरीमा यसले पेरिस सम्झौताअन्तर्गत राष्ट्रिय रूपमा निर्धारित योगदान ९एनडीसी० को रूपमा चिनिने नयाँ उत्सर्जन लक्ष्यहरू प्रस्तुत गर्ने पनि बताएको थियो। केही देशले मात्र अहिलेसम्म नयाँ एनडीसी पेश गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनसँग संसद् पुनर्स्थापनाबारे छलफल भएको हो: अरूसँग के भइरहेको छ, मलाई थाहा भएन: सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...

रवि लामिछाने र बालेन शाहबीच वान–टु–वान वार्ता सुरु

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...

बालेन र कुलमानबीच चुनावी सहकार्यबारे छुट्टै छलफल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...

सिन्धुलीको तिनपाटनमा बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते

काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...

पार्टी निर्माणमा बालेनको दौडधुप: एकैदिन सम्भव सिरोहियादेखि ऋषि धमलासँग छुट्टाछुट्टै भेटघाट

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...

रवि लामिछाने र बालेन शाहबीच आज निर्णायक भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...

पेटभित्र २९ वटा कोकिन लुकाएर तस्करी गर्ने थाइ महिला काठमाडौँमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...

मुस्ताङ भन्सार कार्यालय : साँघुरा कोठाबाट अर्बको राजस्व जुट्छ

मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...

मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending