Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

बालेनको स्टाटसले एमाले नेताहरुको टाउको दुखाइः सामाजिक सञ्जालमै चल्न थाल्यो ‘वाक युद्ध’

खबरडबली संवाददाता

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा वाक युद्ध सुरु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर स्टाटस लेखेपछि वाक युद्ध सुरु भएको हो । 

शुक्रबार साँझ मेयर शाहले प्रधानमन्त्री ओलीलाई लक्षित गरी आफूलाई हराउन लागि परेको आरोप लगाउँदै फेसबुकमा स्टाटस लेखेका थिए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले मेयर बालेन शाहको पक्षमा उभिँदै प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन् । हर्कले शनिबार बिहानै सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यस्तो चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री भएर मेयरहरूसँग जुधेर केही नहुने बताउँदै नरेन्द्र मोदी र सि जिनपिङसँग जुधेर देखाउन चुनौती दिएका छन् ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनुपर्छ ! मेयरहरूसँग जुधेर हुँदैन ! सक्छ भने नरेन्द्र मोदी र सि जिनपिङसँग जुध्नु बरु !’

यस्तै, नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले शाहलाई सामाजिक सञ्जालमा तिक्तता पोख्नुभन्दा मन्त्रीसँग समन्वय गर्ने कि भन्दै प्रश्न गरेका छन् ।

बडालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै स्टाटस लेख्नुभन्दा मन्त्रीसँग समन्वय गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘काठमाडौँ महानगरमा कार्यकारी नआउँदा मेयर बालेन्द्र साहेबले प्रधानमन्त्रीलाई नै गुनासो पोख्नुपर्ने अवस्था आयो १ मन्त्रीसँग समन्वय गर्ने कि फेसबुकमा तिक्तता पोख्नेरु लौ है, छिटो कार्यकारी पठाइदिनुस्, नत्र मेयर बालेन्द्र साहेबलाई अर्को शुक्रबार फेरि नयाँ स्टाटस लेख्न बाध्य पार्ने खतरा छ !’

पछिल्लो समय सरकारले काठमाडौँ महानगरपालिकामा प्रशासकीय अधिकृत नपठाएको आरोप मेयर बालेनले लगाउँदै आएका छन् ।

एमाले महासचिव शंकर पोखरेलले पनि शाहलाई कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् भन्दै प्रश्न गरेका छन् । पोेखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको भन्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘काठमाडौँ महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन ।’

महासचिव पोखरेलले कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनु पर्ने बताए । साथै उनले कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending