काठमाडौं । भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार बताएका छन् ।
शुक्रबार चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लाको एक गाउँ नजिकै निर्माण शिविरमा हिमपहिरो खस्दा ५५ जना कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए ।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताएका छन् । “हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रुपमा बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ,” धामीले भने ।
स्थानीय प्रहरीले शनिबार एक विज्ञप्ति जारी गर्दै भग्नावशेषबाट ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ । घटनास्थलमा रहेका सेनाका चिकित्सकले गम्भीर घाइतेको जीवनरक्षक शल्यक्रिया गरेको बताइएको छ ।
तिब्बतसँग सीमा जोडिएको माना गाउँका बासिन्दाहरू अत्यधिक मौसमबाट बच्नका लागि कम उचाईमा बसाइँ सरेपछि सुनसान भएको ‘द इन्डियन एक्सप्रेस’ ले जनाएको छ । हिमालको माथिल्लो भेगमा विशेषगरी जाडो याममा हिमपहिरो र पहिरो खस्नु सामान्य कुरा हो ।
सन् २०२१ मा उत्तराखण्डमा हिमनदीको ठूलो भाग नदीमा खस्दा करिब १०० जनाको मृत्यु भएको थियो । सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोका कारण छ हजार मानिसको मृत्यु भएको थियो र राज्यमा विकास परियोजनाहरूको पुनरावलोकनको माग गरिएको थियो । एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: