Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

दल फुटाउने योजना हल्लामात्रै : उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

सुर्खेत। उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले साना दलहरु फुटाउने योजना बनाएको भन्ने कुरा हल्लामात्रै भएको बताएको छन । उनले सरकारले दलहरु फुटाउने योजना गरेको भन्नु बाहिरी हल्लामात्रै भएको र त्यस्तो काम नगर्ने उल्लेख गरे । 

पार्टी कार्यक्रममा आइतवार सुर्खेत आएका बखत नेपाल प्रेस युनियन सुर्खेतले गरेको पत्रकार सम्मेलनमा उनले दलहरु फुटाउने योजना बनाएको भन्नु सरकारविरुद्ध चलाइएको हल्लामात्रै भएको टिप्पणी गरे। उनले सरकारले सदन नचलेको बेला विभिन्न अध्यादेशहरु ल्याएको र ६० दिनभित्र ती अध्यादेशहरु पारित गर्न दलहरुसँग गृहकार्य गरिरहेको जानकारी दिए । उनले नियम र विधिसम्मत अध्यादेशहर ल्याएको भन्दै उनले पारित गराउनका लागि छलफलहरु भइरहेको र ६० दिनभित्र पारित हुने जिकिर गरे। 

यस्तै उनले जनताको राजनीतिक स्थायित्व होस् भन्ने चाहना पुरा गराउनका लागि काँग्रेस र एमालेले गठबन्धन गरेर सरकार गठन गर्नुपरेको उल्लेख गरे। मुलुक राजनीतिक अस्थिरताले गर्दा झन् पछाडि परेको, भ्रष्टाचार बढ्दै गएको र विभिन्न बेथिति बढेकोले राजनीतिक स्थायित्वका लागि जनचाहना अनुसार नै काँग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपरेको उनको भनाइ छ । कांग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थायित्व दिन प्रयासरत रहेको र कार्यसम्पादन मूल्याङ्कन गरेर काम गरिरहेको उपप्रधानमन्त्री सिंहले बताए। जनताले चमत्कारिक रुपमा विकास र सुशासन चाहेको तर परिस्थिति सो अनुकूल नभएकोले क्रमशः अगाडि बढिरहेको उनले जनाए। 

पार्टीको १५ औं महाधिवेशनवारे उहाँले आफू पनि सभापति पदको स्वाभाविक उम्मेदवार भएको जानकारी दिए। विगतमा संसदीय दलको उपनेता, पार्टीको उपसभापतिलगायत धेरै जिम्मेवारी पूरा गरेको र पार्टी सभापतिमा पनि उम्मेदवार भइसकेकोले अब त्यो भन्दा तलको पदमा बस्न नमिल्ने भन्दै आगामी महाधिवेशनमा सभापति पदको स्वाभाविक आकांक्षी रहेको उनको भनाइ छ  

उनले भने,'अहिले सबै पक्षसँग छलफल भइरहेको भन्दै बोल्न हतार हुने भएपनि सभापति पदको उम्मेदवारको आकांक्षी स्वाभाविक हो ।' साथै पार्टीको महाधिवेशन आमनिर्वाचनभन्दा अगाडि वा पछाडि गर्ने भन्ने सम्बन्धमा संविधान र पार्टीको विधान अनुसार गर्नुपर्ने आफ्नो भइरहेको उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending