सुर्खेत। उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले साना दलहरु फुटाउने योजना बनाएको भन्ने कुरा हल्लामात्रै भएको बताएको छन । उनले सरकारले दलहरु फुटाउने योजना गरेको भन्नु बाहिरी हल्लामात्रै भएको र त्यस्तो काम नगर्ने उल्लेख गरे ।
पार्टी कार्यक्रममा आइतवार सुर्खेत आएका बखत नेपाल प्रेस युनियन सुर्खेतले गरेको पत्रकार सम्मेलनमा उनले दलहरु फुटाउने योजना बनाएको भन्नु सरकारविरुद्ध चलाइएको हल्लामात्रै भएको टिप्पणी गरे। उनले सरकारले सदन नचलेको बेला विभिन्न अध्यादेशहरु ल्याएको र ६० दिनभित्र ती अध्यादेशहरु पारित गर्न दलहरुसँग गृहकार्य गरिरहेको जानकारी दिए । उनले नियम र विधिसम्मत अध्यादेशहर ल्याएको भन्दै उनले पारित गराउनका लागि छलफलहरु भइरहेको र ६० दिनभित्र पारित हुने जिकिर गरे।
यस्तै उनले जनताको राजनीतिक स्थायित्व होस् भन्ने चाहना पुरा गराउनका लागि काँग्रेस र एमालेले गठबन्धन गरेर सरकार गठन गर्नुपरेको उल्लेख गरे। मुलुक राजनीतिक अस्थिरताले गर्दा झन् पछाडि परेको, भ्रष्टाचार बढ्दै गएको र विभिन्न बेथिति बढेकोले राजनीतिक स्थायित्वका लागि जनचाहना अनुसार नै काँग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपरेको उनको भनाइ छ । कांग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थायित्व दिन प्रयासरत रहेको र कार्यसम्पादन मूल्याङ्कन गरेर काम गरिरहेको उपप्रधानमन्त्री सिंहले बताए। जनताले चमत्कारिक रुपमा विकास र सुशासन चाहेको तर परिस्थिति सो अनुकूल नभएकोले क्रमशः अगाडि बढिरहेको उनले जनाए।
पार्टीको १५ औं महाधिवेशनवारे उहाँले आफू पनि सभापति पदको स्वाभाविक उम्मेदवार भएको जानकारी दिए। विगतमा संसदीय दलको उपनेता, पार्टीको उपसभापतिलगायत धेरै जिम्मेवारी पूरा गरेको र पार्टी सभापतिमा पनि उम्मेदवार भइसकेकोले अब त्यो भन्दा तलको पदमा बस्न नमिल्ने भन्दै आगामी महाधिवेशनमा सभापति पदको स्वाभाविक आकांक्षी रहेको उनको भनाइ छ
उनले भने,'अहिले सबै पक्षसँग छलफल भइरहेको भन्दै बोल्न हतार हुने भएपनि सभापति पदको उम्मेदवारको आकांक्षी स्वाभाविक हो ।' साथै पार्टीको महाधिवेशन आमनिर्वाचनभन्दा अगाडि वा पछाडि गर्ने भन्ने सम्बन्धमा संविधान र पार्टीको विधान अनुसार गर्नुपर्ने आफ्नो भइरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - १७:३२
काठमाडौँ। देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठम...
फाल्गुन २४ गते, २०८२ - १७:२४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रामेछाप निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी...
फाल्गुन २४ गते, २०८२ - १७:१३
पेरिस। मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाही तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका ...
फाल्गुन २४ गते, २०८२ - १६:४२
दमक। झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ...
फाल्गुन २४ गते, २०८२ - १६:३३
भोजपुर। भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राई...
फाल्गुन २४ गते, २०८२ - १६:२६
सिन्धुपाल्चोक। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित भएको छन्।...
फाल्गुन २४ गते, २०८२ - १५:५८
धनगढी। नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित भएको छन्। गृह नगरसमेत रह...
फाल्गुन २४ गते, २०८२ - १५:३१
बर्दीबास। महोत्तरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साहले 'ह्याभी वेट' नेता शरदसिंह भण्डारीलाई भारी मतान्तरल...
फाल्गुन २४ गते, २०८२ - १५:२०
काठमाडौँ। देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको स...
फाल्गुन २४ गते, २०८२ - १५:१७
कैलाली। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं.४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ क...



प्रतिकृया लेख्नुहोस्: