तेल अभिभ । इजरायलले आइतबार गाजा पट्टीमा सबै सामान र आपूर्तिको प्रवेश रोकेको छ र हमासले नाजुक युद्धविरामको पहिलो चरणको विस्तारका लागि नयाँ प्रस्ताव स्वीकार नगरे ‘थप परिणामहरू’ को चेतावनी दिएको छ ।
हमासले इजरायललाई युद्धविराम भत्काउने प्रयास गरेको आरोप लगाउँदै सहायता रोक्ने उसको निर्णय ‘सस्तो जबरजस्ती, युद्ध अपराध र (युद्धविराम) सम्झौतामा स्पष्ट आक्रमण हो’ भनेको छ । दुवै पक्षले युद्धविराम समाप्त भएको भनेका छैनन् ।
मानवीय सहायतामा वृद्धिसहितको युद्धविरामको पहिलो चरण शनिबार समाप्त भएको थियो । दुवै पक्षले अझै दोस्रो चरणको वार्ता गरेका छैनन् । दोस्रो चरणको वार्तामा हमासले इजरायली फिर्ता र दीर्घकालीन युद्धविरामको बदलामा बाँकी रहेका दर्जनौँ बन्धकहरू रिहा गर्ने थियो ।
एक इजरायली अधिकारीले नियमअनुसार नाम नछाप्ने सर्तमा सहायता निलम्बन गर्ने निर्णय ट्रम्प प्रशासनसँगको समन्वयमा गरिएको बताए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले यसले अप्रिल २० मा समाप्त हुने रमजान र निस्तारपर्बको माध्यमबाट युद्धविरामको पहिलो चरण विस्तार गर्ने अमेरिकी मध्यपूर्वका दूत स्टिभ विट्कोफबाट आएको भनी वर्णन गरिएको प्रस्तावलाई समर्थन गर्दछ भनेको थियो ।
नेतन्याहुको कार्यालयका अनुसार उक्त प्रस्तावअन्तर्गत हमासले पहिलो दिनमा आधा बन्धकहरू र स्थायी युद्धविराममा सम्झौता पुगेपछि बाँकी रिहा गर्नेछ ।
एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबीच मध्यस्थता गरिरहेका संयुक्त राज्य अमेरिका, इजिप्ट वा कतारबाट तत्काल कुनै टिप्पणी आएको छैन ।
युद्धविरामको पहिलो छ हप्ताको चरणअन्तर्गत हमासले इजरायलद्वारा बन्दी बनाइएका लगभग दुई हजार प्यालेस्टिनीको रिहाइको बदलामा २५ इजरायली बन्धक र अन्य आठ जनाको शव रिहा गरेको थियो । इजरायली सेना गाजाको अधिकांश भागबाट पछि हटे र इजरायलले मानवीय सहायताको वृद्धिलाई प्रवेश गर्न अनुमति दियो ।
तर पहिलो चरण बारम्बार विवादले बिग्रिएको थियो र प्रत्येक पक्षले अर्कोलाई उल्लङ्घनको आरोप लगाएको थियो । इजरायली आक्रमणले दर्जनौँ प्यालेस्टिनीको ज्यान लियो । यसलाई सेनाले आफ्नो सेनामा पुगेको वा केही क्षेत्रमा प्रवेश गरेको भन्दै युद्धविरामको उल्लङ्घन गरेको बताएको छ ।
हमासले इजरायलको सहायता निलम्बन अर्को उल्लङ्घन भएको भन्दै सम्झौताको दोस्रो चरणमा पक्षहरूले वार्ता गर्दा वितरण जारी राख्नुपर्ने बताएको छ ।
इजरायलले युद्धको सुरुआती दिनहरूमा गाजामाथि पूर्ण घेराबन्दी लगायो र पछि अमेरिकी दबाबमा मात्र यसलाई खुकुलो पार्यो । संयुक्त राष्ट्र एजेन्सीहरू र सहायता समूहहरूले इजरायललाई १५ महिनाको युद्धको अवधिमा पर्याप्त सहायता नपुर्याएको आरोप लगाए र बाइडेन प्रशासनले यसलाई अधिक गर्न बारम्बार दबाब दियो ।
इजरायलले पर्याप्त सहायता प्रवेश गर्न अनुमति दिएको भन्दै र संयुक्त राष्ट्रसङ्घको असमर्थता भनेर अभावको दोष लगायो । साथै इजरायलले हमासलाई सहायता चुहावट गरेको आरोप पनि लगायो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: