Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

हमासलाई युद्धविराम प्रस्ताव स्वीकार गर्न दबाब दिने इजरायलको प्रयास, गाजामा सहयोग कटौती

खबरडबली संवाददाता

तेल अभिभ । इजरायलले आइतबार गाजा पट्टीमा सबै सामान र आपूर्तिको प्रवेश रोकेको छ र हमासले नाजुक युद्धविरामको पहिलो चरणको विस्तारका लागि नयाँ प्रस्ताव स्वीकार नगरे ‘थप परिणामहरू’ को चेतावनी दिएको छ ।

हमासले इजरायललाई युद्धविराम भत्काउने प्रयास गरेको आरोप लगाउँदै सहायता रोक्ने उसको निर्णय ‘सस्तो जबरजस्ती, युद्ध अपराध र (युद्धविराम) सम्झौतामा स्पष्ट आक्रमण हो’ भनेको छ । दुवै पक्षले युद्धविराम समाप्त भएको भनेका छैनन् ।

मानवीय सहायतामा वृद्धिसहितको युद्धविरामको पहिलो चरण शनिबार समाप्त भएको थियो । दुवै पक्षले अझै दोस्रो चरणको वार्ता गरेका छैनन् । दोस्रो चरणको वार्तामा हमासले इजरायली फिर्ता र दीर्घकालीन युद्धविरामको बदलामा बाँकी रहेका दर्जनौँ बन्धकहरू रिहा गर्ने थियो ।

एक इजरायली अधिकारीले नियमअनुसार नाम नछाप्ने सर्तमा सहायता निलम्बन गर्ने निर्णय ट्रम्प प्रशासनसँगको समन्वयमा गरिएको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले यसले अप्रिल २० मा समाप्त हुने रमजान र निस्तारपर्बको माध्यमबाट युद्धविरामको पहिलो चरण विस्तार गर्ने अमेरिकी मध्यपूर्वका दूत स्टिभ विट्कोफबाट आएको भनी वर्णन गरिएको प्रस्तावलाई समर्थन गर्दछ भनेको थियो ।

नेतन्याहुको कार्यालयका अनुसार उक्त प्रस्तावअन्तर्गत हमासले पहिलो दिनमा आधा बन्धकहरू र स्थायी युद्धविराममा सम्झौता पुगेपछि बाँकी रिहा गर्नेछ ।

एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबीच मध्यस्थता गरिरहेका संयुक्त राज्य अमेरिका, इजिप्ट वा कतारबाट तत्काल कुनै टिप्पणी आएको छैन ।

युद्धविरामको पहिलो छ हप्ताको चरणअन्तर्गत हमासले इजरायलद्वारा बन्दी बनाइएका लगभग दुई हजार प्यालेस्टिनीको रिहाइको बदलामा २५ इजरायली बन्धक र अन्य आठ जनाको शव रिहा गरेको थियो । इजरायली सेना गाजाको अधिकांश भागबाट पछि हटे र इजरायलले मानवीय सहायताको वृद्धिलाई प्रवेश गर्न अनुमति दियो ।

तर पहिलो चरण बारम्बार विवादले बिग्रिएको थियो र प्रत्येक पक्षले अर्कोलाई उल्लङ्घनको आरोप लगाएको थियो । इजरायली आक्रमणले दर्जनौँ प्यालेस्टिनीको ज्यान लियो । यसलाई सेनाले आफ्नो सेनामा पुगेको वा केही क्षेत्रमा प्रवेश गरेको भन्दै युद्धविरामको उल्लङ्घन गरेको बताएको छ ।

हमासले इजरायलको सहायता निलम्बन अर्को उल्लङ्घन भएको भन्दै सम्झौताको दोस्रो चरणमा पक्षहरूले वार्ता गर्दा वितरण जारी राख्नुपर्ने बताएको छ ।

इजरायलले युद्धको सुरुआती दिनहरूमा गाजामाथि पूर्ण घेराबन्दी लगायो र पछि अमेरिकी दबाबमा मात्र यसलाई खुकुलो पार्‍यो । संयुक्त राष्ट्र एजेन्सीहरू र सहायता समूहहरूले इजरायललाई १५ महिनाको युद्धको अवधिमा पर्याप्त सहायता नपुर्‍याएको आरोप लगाए र बाइडेन प्रशासनले यसलाई अधिक गर्न बारम्बार दबाब दियो ।

इजरायलले पर्याप्त सहायता प्रवेश गर्न अनुमति दिएको भन्दै र संयुक्त राष्ट्रसङ्घको असमर्थता भनेर अभावको दोष लगायो । साथै इजरायलले हमासलाई सहायता चुहावट गरेको आरोप पनि लगायो । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending