Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक पक्राउ

खबरडबली संवाददाता

चन्द्रपुर । रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । सो अस्पताललाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो । 

उक्त पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। पत्रको अवज्ञा गरेर अस्पताल सञ्चालन गरेको कारण उनलाई पक्राउ गरेको डिएसपी राईले बताए।

मुख्यमन्त्री सिंहले गत शनिबार चन्द्रनिगापुरको ११ वटा निजी अस्पतालको अनुगमन गरेको थिए। जसमा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो । एघार वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिए । 

मुख्यमन्त्री सिंहसहितले अनुगमन गरेको हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समाज रुपान्तरणमा गीत शक्तिशाली : सञ्चारमन्त्री गुरुङ

माछापुच्छ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताएको छन । राष्ट्रिय लोक तथा दोहोरी गी...

गुल्मी उद्योग वाणिज्य संघको निर्वाचन : ९१.४५ मत खस्यो, मतगणना आजै

रेसुंगा । गुल्मी उद्योग वाणिज्य संघको निर्वाचनमा ९१.४५ प्रतिशत मत खसेको छ । शुक्रबार अध्यक्ष पदका लागि मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थीले उम्...

मोदीसँगको वार्ता सार्थक र सकारात्मक रह्यो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताएको छन।  बिहीबार बैंककमा भएको भेटव...

भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छः मोदी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । सम्मेलनका क्रममा बैंककम...

कालीगण्डकी नदीमा एक पुरुष मृत फेला

रामपुर । माछा मार्न भनी हिँडेका एक पुरुष कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको छ । रम्भा गाउँपालिका–१ असेर्दीका ५२ वर्षीय सञ्जय बोटे रम्भा–१, बिसमु...

दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबिच सम्झौता

काठमाडौँ । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयबिच सम्झौता भएको छ । ऊर्जामन्त्री दीपक खड्...

इजरायली आक्रमणमा दुई छोरासहित हमासका वरिष्ठ नेताको मृत्यु

बेरुत । लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको लेबनानी...

चैत १५ को घटना दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ। सो घटनाका बारेमा गृह मन्त्री रम...

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्याण्डको बैङककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधि...

श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानिय तहमा बिस्तार गरिनेछ: श्रम मन्त्री

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयास...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy