ललितपुर । सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाई ती स्थानमा सवारीसाधन व्यवस्थापन गर्न समुदाय र सुरक्षाकर्मी एकीकृत भई अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ आज ललितपुर महानगरपालिका–२५ भैँसेपाटीको प्रगतिनगर चोकमा आयोजित अन्तरक्रियाका वक्ताहरुले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरीबीचमा साझेदारी गर्नुपर्नेमा जोड दिए ।
प्रगतिनगर सडक विस्तार तथा स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष दिनेश अम्गाईले टोलको विकास र स्थानीय आवश्यकतालाई पूर्ति गर्न सबै एक हुनुपर्ने बताए। उनले टोलवासी एवं प्रहरीबीचको सौहार्दताले समाजलाई सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका प्रहरी निरीक्षक शशिधर शर्माले टोलीवासीलाई एकताबद्ध भएर सुरक्षा निकायसँग सम्पर्कमा रहन आग्रह गरे। उनले टोलमा अव्यवस्थित पार्किङ नगर्न सुझाव दिए।
सो अवसरमा स्थानीयवासी डा लक्ष्मण न्यौपानेले टोल समाजको विकासको स्तर उकास्न टोलवासी एकताबद्ध हुन आग्रह गरे। उनले सडकमा अनावश्यक पार्किङ नगर्न र फोहर नफाल्न आग्रह गर्दै सबैको बलबाट समाजलाई सुरक्षित र सफा राख्न मद्दत पुग्ने बताए। कार्यक्रममा प्रगतिनगरदेखि शिवमन्दिरसम्मका टोलवासीको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...
पौष ५ गते, २०८२ - १३:२३
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...
पौष ५ गते, २०८२ - १३:०८
काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...
पौष ५ गते, २०८२ - १३:००
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...
पौष ५ गते, २०८२ - १२:३८
वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...




प्रतिकृया लेख्नुहोस्: