काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएको छन ।
नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताए। उनले भने, “संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”
राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पार्नुभयो । उहाँले देशका दुर्गममा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उल्लेख गर्दै यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकको सेवा पुर्याउन आवश्यक रहेको बताए ।
उनले भने, ‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन आह्वान गर्दछु ।’
राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको बताए । उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताए। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाँको भनाइ थियो । देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक सङ्घको भूमिका अझ प्रभावकारी हुने राष्ट्रपति पौडेलले बताए।
सो अवसरमा ‘लिजेन्ड इन मेडिसिन’बाट डा। गौरीशङ्करलाल दास, डा। मृगेन्द्रराज पाण्डे, डा। दिनेशनाथ गङ्गोल, डा। डिबी कार्की र डा। सरस्वती पाध्येलाई राष्ट्रपति पौडेलले सम्मान गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...
पौष ५ गते, २०८२ - १३:२३
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...
पौष ५ गते, २०८२ - १३:०८
काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...
पौष ५ गते, २०८२ - १३:००
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...
पौष ५ गते, २०८२ - १२:३८
वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...
पौष ५ गते, २०८२ - १२:१७
बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...
पौष ५ गते, २०८२ - १२:०८
लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...
पौष ५ गते, २०८२ - ११:५८
सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...




प्रतिकृया लेख्नुहोस्: