Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

माओवादी युद्धका कारण मुलुक २५ वर्ष पछाडि पर्‍योः मन्त्री गुरुङ

हिंसाको बाटोबाट सफल नभएपछि माओवादी बाध्य भएर शान्तिको बाटोमा आएको हो

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी सशस्त्र युद्धका कारण मुलुक २५ वर्ष पछाडि परेको बताउँदै शान्तिको बाटोले मात्र मुलुकको विकास सम्भव भएको बताएको छन । 

२६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज सम्बोधन गर्दै उहाँले सो कुरा बताए। ‘हतियारभन्दा विचार बलियो हो’ भन्ने कुरा माओवादी शान्ति प्रक्रियामा आएपछि पुनः प्रमाणित भएको उहाँले चर्चा गरे। तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वको नाममा मुलुकमा हिंसा मच्चाएकाले त्यसको परिणाम अहिले भोगिरहेको उनले टिप्पणी गरे । 

नेकपा ९एमाले० को तत्कालीन रुकुमका सचिव यदुप्रसाद गौतम चुनावी अभियानमा भएका बेला माओवादीले खुकुरीले छप्काएर हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री गुरुङले भरे, “क्रान्ति अरूको नक्कल गरेर हुने विषय होइन, हिंसाको बाटोबाट सफल नभएपछि माओवादी बाध्य भएर शान्तिको बाटोमा आएको हो । मदन भण्डारीको सिद्धान्त र विचारअनुरूप मुलुकमा परिवर्तन सम्भव भयो ।”

कुनै पनि हिंसा र अराजकता रूपान्तरणको बाटो हुनै नसक्ने भन्दै मन्त्री गुरुङले शान्तिपूर्ण रूपले क्रान्ति सफल भएपछि माओवादीको हिंसा अन्त्य भएको चर्चा गरे। उनले भने, “हिजोसम्म आफ्नो सेना नभएको पार्टी कम्युनिष्ट नै होइन भन्ने माओवादीसँग अहिले सेना कहाँ छ ? के अब ऊ कम्युनिष्ट पार्टी रहेन ?” अहिले माओवादीसँग वैचारिक सिद्धान्त नभएकै कारण अलमलमा रहेको उनले बताए । 

शान्तिको बाटो नै दीर्घकालीन र परिवर्तनको बाटो भएको चर्चा गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले भन्नुभयो, “हिंसाको बाटो नत्यागेको भए अहिलेसम्म माओवादी समाप्त भइसक्थ्यो, अलिकति बुद्धि लगाएर शान्तिप्रक्रियामा आएर राजनीतिक रूपमा केही प्रगति गरेको हो, तर अब निरन्तर ओरालोमा रहन्छ ।”

अहिले न्यूमिडियाको नाममा सामाजिक सञ्जालमा नेपाल र नेपालीविचको सहअस्तित्व र एकता भत्काउने प्रयास भइरहेको भन्दै उनले सरकारले त्यसलाई कायम राख्न नियमनका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको उनले चर्चा गरे । मुलुकको लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्यायको सम्मान गर्दै अराजकतालाई नियमन गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको उनले प्रष्ट पारे। 

लोकतन्त्रमा रचनात्मक आलोचना र सुझाव दिन सबै नागरिकलाई छुट रहने भए पनि अराजकता र अस्थिरता फैलाउने छुट कसैलाई नहुने भन्दै उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न मात्र खोजेको उनले चर्चा गरे । सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने मनसाय सरकारको नभएको र त्यस्तो सोच्न पनि नसकिने भन्दै उनले सामाजिक सञ्जालमा देखिएका अस्थिरता, अराजकता र विकृतिको नियमनमात्र गर्न खोजिएको बताए । 

एमाले पोलिटव्यूरो सदस्य तथा पुरस्कार सिफारिस समितिका संयोजक सूर्यबहादुर थापाले माओवादीले चालेको तत्कालीन युद्ध हिंसा भएको भन्दै त्यही हिंसाको शिकार यदुप्रसाद गौतमजस्ता होनहार व्यक्तिहरू भएको बताए । तत्कालीन माओवादीले २०५५ फागुन २१ गते गौतमको अनाहकमा हत्या गरेको उनले चर्चा गरे। यदु स्मृति पत्रकारिता पुरस्कारको राशी हरेक वर्ष बढाइने भन्दै उहाँले २३ वर्ष पुगेकाले २३ हजार राशी बनाइएको बताए । यो क्रमशः वर्षसँगै पुरस्कारको राशी पनि थपिँदै जाने उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतान्तरले विजयी

काठमाडौं । ओखलढुंगा जिल्ला मा विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार पोखरेलले कुमार लुईटेल लाई ५ ...

प्रतिद्वन्द्वी चतुरबहादुर चन्दलाई हराउँदै बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी

बैतडी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडी जिल्ला मा हरिमोहन भण्डारी विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार भण्डारीले २२ हजार १३४ मत...

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE