Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

माओवादी युद्धका कारण मुलुक २५ वर्ष पछाडि पर्‍योः मन्त्री गुरुङ

हिंसाको बाटोबाट सफल नभएपछि माओवादी बाध्य भएर शान्तिको बाटोमा आएको हो

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी सशस्त्र युद्धका कारण मुलुक २५ वर्ष पछाडि परेको बताउँदै शान्तिको बाटोले मात्र मुलुकको विकास सम्भव भएको बताएको छन । 

२६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज सम्बोधन गर्दै उहाँले सो कुरा बताए। ‘हतियारभन्दा विचार बलियो हो’ भन्ने कुरा माओवादी शान्ति प्रक्रियामा आएपछि पुनः प्रमाणित भएको उहाँले चर्चा गरे। तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वको नाममा मुलुकमा हिंसा मच्चाएकाले त्यसको परिणाम अहिले भोगिरहेको उनले टिप्पणी गरे । 

नेकपा ९एमाले० को तत्कालीन रुकुमका सचिव यदुप्रसाद गौतम चुनावी अभियानमा भएका बेला माओवादीले खुकुरीले छप्काएर हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री गुरुङले भरे, “क्रान्ति अरूको नक्कल गरेर हुने विषय होइन, हिंसाको बाटोबाट सफल नभएपछि माओवादी बाध्य भएर शान्तिको बाटोमा आएको हो । मदन भण्डारीको सिद्धान्त र विचारअनुरूप मुलुकमा परिवर्तन सम्भव भयो ।”

कुनै पनि हिंसा र अराजकता रूपान्तरणको बाटो हुनै नसक्ने भन्दै मन्त्री गुरुङले शान्तिपूर्ण रूपले क्रान्ति सफल भएपछि माओवादीको हिंसा अन्त्य भएको चर्चा गरे। उनले भने, “हिजोसम्म आफ्नो सेना नभएको पार्टी कम्युनिष्ट नै होइन भन्ने माओवादीसँग अहिले सेना कहाँ छ ? के अब ऊ कम्युनिष्ट पार्टी रहेन ?” अहिले माओवादीसँग वैचारिक सिद्धान्त नभएकै कारण अलमलमा रहेको उनले बताए । 

शान्तिको बाटो नै दीर्घकालीन र परिवर्तनको बाटो भएको चर्चा गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले भन्नुभयो, “हिंसाको बाटो नत्यागेको भए अहिलेसम्म माओवादी समाप्त भइसक्थ्यो, अलिकति बुद्धि लगाएर शान्तिप्रक्रियामा आएर राजनीतिक रूपमा केही प्रगति गरेको हो, तर अब निरन्तर ओरालोमा रहन्छ ।”

अहिले न्यूमिडियाको नाममा सामाजिक सञ्जालमा नेपाल र नेपालीविचको सहअस्तित्व र एकता भत्काउने प्रयास भइरहेको भन्दै उनले सरकारले त्यसलाई कायम राख्न नियमनका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको उनले चर्चा गरे । मुलुकको लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्यायको सम्मान गर्दै अराजकतालाई नियमन गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको उनले प्रष्ट पारे। 

लोकतन्त्रमा रचनात्मक आलोचना र सुझाव दिन सबै नागरिकलाई छुट रहने भए पनि अराजकता र अस्थिरता फैलाउने छुट कसैलाई नहुने भन्दै उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न मात्र खोजेको उनले चर्चा गरे । सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने मनसाय सरकारको नभएको र त्यस्तो सोच्न पनि नसकिने भन्दै उनले सामाजिक सञ्जालमा देखिएका अस्थिरता, अराजकता र विकृतिको नियमनमात्र गर्न खोजिएको बताए । 

एमाले पोलिटव्यूरो सदस्य तथा पुरस्कार सिफारिस समितिका संयोजक सूर्यबहादुर थापाले माओवादीले चालेको तत्कालीन युद्ध हिंसा भएको भन्दै त्यही हिंसाको शिकार यदुप्रसाद गौतमजस्ता होनहार व्यक्तिहरू भएको बताए । तत्कालीन माओवादीले २०५५ फागुन २१ गते गौतमको अनाहकमा हत्या गरेको उनले चर्चा गरे। यदु स्मृति पत्रकारिता पुरस्कारको राशी हरेक वर्ष बढाइने भन्दै उहाँले २३ वर्ष पुगेकाले २३ हजार राशी बनाइएको बताए । यो क्रमशः वर्षसँगै पुरस्कारको राशी पनि थपिँदै जाने उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending