Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छ : सभापति देउवा

खबरडबली संवाददाता

बर्दिबास । महोत्तरीको सीमावर्ती नगरपालिका मनरा सिसवाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार र मनरा सिसवा नगरपालिकाको करिव ७ करोड बढीको लागतमा निर्माण सम्पन्न प्रशासनिक भवनको नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले शुक्रवार एक समारोहबिच उद्घाटन गरेको हो ।

नगरपालिका प्रशासनिक भवनको उदघाटन गर्दै देउावाले नया भवनबाट जनताले पाउने सेवा सुविधाहरु थप प्रविधि मैत्री, चुस्त दुरुस्त र सहज हुने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकार भनेको जनताको हरेक समस्यामा साथ दिने सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकता औँल्याए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि स्थानीय सरकारको कामकारबाहीबाट समग्र सरकारको मूल्यांकन हुनेहुदा विकास निर्माण र जन्ताको कामलाई सर्वोपरि मानेर दायित्व निर्वाह गर्नु पार्ने धारणा राखे ।

“संघीय सरकारको सफलताको पछाडि स्थानीय सरकारको हात हुने भएकोले जनप्रतिनिधिहरुले जन सेवक भएर कम गर्नु पर्छ भन्ने मेरो मान्यता छ ।ू पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले आर्थिक समृद्धका लागि स्थानीय प्राकृतिक, धार्मिक र पुरातात्त्विक सम्पदाको प्रचारप्रसारदेखी कृषि पर्यटन लगायत क्षेत्रको आधुनिकीकरण र उर्वर भूमिको अधिकतम प्रयोग आवश्यक रहेको बताए।

नयाँ प्रविधिको प्रयोगले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारिकरण गर्नेदेखि नव प्रवर्द्धनात्मक क्षेत्रको पहिचान र परिचालन गरि आर्थिकरूपमा सम्पन्न स्थानीय तह बनाउन सकिने सम्भावना व्यक्त गरे। उनले भने, “सीपमूलक तालिमको अभियान सुरुगरेर रोजगारीको सम्भावना पहिचान गरेर कर्यान्वन गर्न सकिने नयाँ योजनाहरु अघि बढाउन सरकार र नेपाली काङ्ग्रेसले सहयोग पुर्याउने बिश्वास दिलाउन चाहन्छु । सडक, बिजुली, खानेपानी, सिचालगायतका क्षेत्रमा केन्द्र सरकारले साथ सहयोग र सहकार्य गर्ने छ ।

काङ्ग्रेस नेता विमलेन्द्र निधीले सहिद शिवचन्द्र मिश्र, मिथलेश दुवेको पवित्र भूमि रहेको मनरा सिसवा प्रजातान्त्रिक आन्दोलनका योद्धा र प्रेरक नगरपालिका रहेको स्मरण गरे । उनले नेपाली काङ्ग्रेस मुलुकको अग्रणी पार्टी भएकोले अन्य पार्टीले पनि काङ्ग्रेसलाई अभिभावक भएको धारणा राखे ।

यसअघि मनरा सिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेले ९ सय ५० वर्ग फिटमा फैलिएको तीन तले नयाँ भवन वातानुकुलित, भुकम्प प्रतिरोधि र आधुनिक उपकरणले युक्त रहेको बताए। भवनमा २६ वटा कार्यकक्षका साथै ३ सय जना अटने सेमिनार हल २ वटा बैठक कक्ष, स्तनपान कक्ष, अपाङ्गता भएका सेवाग्राहीका लागि र्‍याम्प सुविधा तथा अग्नी नियन्त्रक र जल आपूर्तिको समुचित व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताए।

कूल ७ करोड २८ लाख ५० हजार लागतमा निर्माणसम्पन्न यो संरचनाको ५० प्रतिशत रकम नेपाल सरकार र बाँकी नगरपालिकाको बजेटबाट खर्च भएको नगरप्रमुख मोहन पाण्डेले बताए। नगरप्रमुख पाण्डेले नगरपालिकाको वटा वडामध्ये वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरि सकेको, वडा कार्यालय निर्माणको चरणमा रहेको र नगर असपतला संचालनमा ल्याएको जनाउँदै नयाँ प्रशासनिक भवनले अव मानव संशासधन र सुशासनको क्षेत्रमा काम गर्न सहज हुने अपेक्षा जगाएको बताए। उनले भने, ‘नयाँ भवनले नगरवासीको गौरव र जनप्रतिनिधीको मनोवल बढाएको छ ।’

नगरका सामुदायिक विद्यालयमा संस्कृत शिक्षा र योग शिक्षा अनिवार्य गरेको नगर क्षेत्रका छात्रछत्राले कार्यक्रममा योगाभ्यास गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि, संघीय सांसद महेन्द्रकुमार राय, नेपाली काङ्ग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, मधेस प्रदेशका शिक्षा मन्त्री रानी शर्मा तिवारी, लगायतले समसामयिक समस्या र विषयमाथी ध्यानाकर्षण गराइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending