बैङ्कक । म्यान्माको सेनाप्रति बफादार सरकारका प्रमुखले सन् २०२१ मा सेनाले ‘कू’ गरेपछि युद्धग्रस्त देशमा पहिलो पटक डिसेम्बर वा अर्को वर्षको जनवरीमा निर्वाचन हुने बताएका छन् ।
“हामी ‘सन् २०२५ वा सन् २०२६ को जनवरीसम्म’ मा चुनाव गर्ने योजना बनाइरहेका छौँ,” म्यान्माको राष्ट्रिय पत्रिका ‘ग्लोबल न्यू लाइट अफ म्यान्मा’मा शनिबार प्रकाशित समाचारमा जुन्टा प्रमुख जनरल मिन आङ ह्लाइङलाई उद्धृत गर्दै उल्लेख गरिएको छ । शुक्रबार बेलारुसको राजकीय भ्रमणका क्रममा उनले ‘मतदान ‘स्वतन्त्र र निष्पक्ष’ हुने बताउँदै ५३ वटा राजनीतिक दलले भाग लिनका लागि ‘आफ्नो सूची बुझाएको’ बताएका छन् ।
मिन्स्कमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको भेटमा उनले भने, “हामी बेलारुसबाट पनि अवलोकन टोलीलाई आमन्त्रण गर्दछौँ ।” सन् २०२० को चुनावमा ठूलो धाँधली भएको निराधार दाबी गर्दै नोबेल पुरस्कार विजेता आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले जितेको निर्वाचित सत्तालाई सन् २०२१ मा म्यान्माको सेनाले आफ्नो नियन्त्रणमा लिई सेनाप्रति बफादार नेतृत्वलाई जिम्मेवारी दिएको थियो ।
त्यसपछि उसले असहमतिमाथि रक्तपातपूर्ण दमन सुरु गरेको थियो र देशको अधिकांश भूभागमा लडाईंले तहसनहस पारिरहेको छ । जुन्टा सरकारले नयाँ चुनावको योजनामा पटक-पटक ढिलाइ गरेको छ तर सरकारका आलोचकहरूले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् । जातीय विद्रोही समूह र लोकतन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्सेज’बाट आफ्नो शासनको व्यापक विरोधलाई दबाउन जुन्टा सङ्घर्षरत छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: