Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

राजावादीहरुको सक्रियता बढेपछि राजनीतिमा तरंग, देउवालाई प्रचण्डको फोन

अभियान स्थगित गरेर माओवादीको पदाधिकारी बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । राजावादीहरुको सक्रियता बढेपछि नेपाली राजनीतिमा तरंग ल्याएको छ। राजावादीहरु सक्रिय भएपछि सबै दलका शीर्ष नेताहरु एकैठाउँमा उभिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पुगेर भेट गरे।  स्रोतका अनुसार विकसित राजनीतिक घटनाक्रम र चर्चाहरूबारे बारे पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको थियो। 

प्रधानमन्त्री ओलीले पार्टीका केही उच्च नेताहरूसँग पनि समसामयिक परिस्थितिबारे कुरा गरेका छन्।  प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले राजनीतिमा विकसित घटनाक्रमबारे छलफल गर्न भन्दै जागरण अभियान स्थगित गरेको छ।

रौतहटको कार्यक्रम सम्पन्न गरेर माओवादी नेताहरू काठमाडौं आएलगत्तै आज पार्टीको पदाधिकारी बैठक बस्ने प्रवक्ता अग्नि सापकोटाले बताए । देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर अन्य राजनीतिक दलहरूसँग पनि दाहालले छलफल गर्ने भएका छन्।  

पछिल्लो समय संघीय लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रात्मक प्रणालीविरुद्ध गतिविधि भइरहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन्। 

फागुन ७ मा आफूलाई साथ दिन पूर्व राजा ज्ञानेन्द्र शाहले आह्वान गरेपछि राजावादीहरु राजा फर्काउँने भन्दै लागि परेका छन्। उनीहरुले आज ज्ञानेन्द्र विमानस्थलमा आउने कार्यक्रम रहेकोले स्वागतका लागि उपस्थित हुन उर्दी जारी गरेका छन्।

शुक्रबार मात्र नेपाली कांग्रेसका सभापति देउवासँग दाहालले टेलिफोनमा कुराकानी गरेका थिए भने प्रधानमन्त्री ओलीसँग भने समय नमिलेका कारण कुराकानी नभएको प्रवक्ता सापकोटाले बताए। 

काठमाडौं फर्किपछि दाहालले काठमाडौं फर्किएपछि ओली र देउवासँग भेटघाट गर्ने तयारी गरेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending