मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको छुट्टाछुट्टै दुई स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका– १४ का १९ वर्षीय रोजल ढुङ्गाना, हेटौंडा– १० मा कोठा भाडामा बस्दै आएकी २२ वर्षीया बिबिका लामा तथा एक नाबालक र एक नाबालिका रहेका छन् ।
प्रहरीका अनुसार हेटौंडा– १० भिस्म मार्गबाट हेटौंडा– १४ का १९ वर्षीय ढुङ्गानालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो । उनको साथबाट २ वटा पुरियामा रहेको २७० मिलीग्राम खैरो हेरोइन फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले बा.प्र.३–०२–०२६ प ६२७२ नम्बरको मोटरसाइकलमा रहेका ढुङ्गानालाई शंकाको आधारमा खानतलासी गर्दा लागुऔषध फेला पारेको हो ।
यस्तै प्रहरीले हेटौंडा– १० स्थित आनन्द टोलबाट २ ग्राम ६४० मिलीग्राम खैरो हेरोइनसहित बाँकी तीनजनालाई पक्राउ गरेको हो । रातको समयमा लागूऔषध कारोबार भैरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको शरीर तथा कोठा खानतलासीको क्रममा लुकाएर राखेको अवस्थामा खैरो हेरोइन फेला परेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । पक्राउ परेका ढुङ्गानालाई ८ दिन र लामासहितका तीनजनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - २०:०२
काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान ता...
फाल्गुन ३० गते, २०८१ - १९:५६
काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्ज...
फाल्गुन ३० गते, २०८१ - १९:४३
मकवानपुर । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ ...
फाल्गुन ३० गते, २०८१ - १९:४०
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विक...
फाल्गुन ३० गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशद...
फाल्गुन ३० गते, २०८१ - १९:०४
भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ...
फाल्गुन ३० गते, २०८१ - १८:५७
काठमाडाैं । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक महिनाअघि काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना जेल चलान भएका छन् । जिल्ला अदाल...
फाल्गुन ३० गते, २०८१ - १८:५३
दैलेख । भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ ...
फाल्गुन ३० गते, २०८१ - १८:४८
काठमाडौं । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भई नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियमा ...
फाल्गुन ३० गते, २०८१ - १८:४४
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध सहज जित निकालेको छ । बुटवलस्थि...
प्रतिकृया लेख्नुहोस्: