Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

खबरडबली संवाददाता

किएभ । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।

तीन वर्षको द्वन्द्व समाधानका लागि मङ्गलबार हुने बहुप्रतीक्षित वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट हाउसको असफल भ्रमणपछि पहिलो पटक अमेरिकी र युक्रेनी अधिकारीहरू भेट्नेछन् ।

जेलेन्स्कीले सोमबार देशको वास्तविक नेता साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट्ने र त्यसपछि उनको टोली ‘मङ्गलबार अमेरिकी टोलीसँगको बैठकका लागि बस्ने’ बताए ।

रेड सी बन्दरगाह सहर जेद्दामा हुने वार्तामा अमेरिकी मध्यपूर्व दूत स्टिभ विट्कफले वासिङ्टन ‘शान्ति सम्झौताका लागि एक ढाँचा र प्रारम्भिक युद्धविराम पनि पाउन चाहन्छ’ भनेको छन ।

जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्ण रूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताएको छन ।

“शान्ति नजिक ल्याउने र समर्थन जारी राख्ने दुवै सन्दर्भमा हामी परिणामको आशा गर्दछौँ”, उनले आइतबार साँझ आफ्नो सम्बोधनमा भने ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो सोमबार जेद्दा जानुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि उनको सहभागिताको पुष्टि गरेको छन ।

निरन्तर सम्पर्कमा

जेलेन्स्कीले उनका वार्ताकारहरूमा विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्टेम उमरोभ, उनका चिफ अफ स्टाफ एन्ड्री यर्मक तथा सैन्य कमान्डर एवं यर्मकका सहायक पावलो पालिसा समावेश हुने जानकारी दिए।

किएभ अमेरिकी टोलीसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए।

वासिङ्टनले हाल राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा सन् २०२२ फेब्रुअरीमा आफ्नो पूर्ण आक्रमण सुरु गरेको मस्कोसँग टेबलमा बाध्य पार्ने प्रयासमा युक्रेनलाई सैन्य सहायताका साथै गुप्तचर साझेदारी र स्याटेलाइट इमेजरीमा पहुँच निलम्बन गरेको छ ।

ट्रम्पले पुटिनसँग सञ्चार नवीकरण गरेको छन र जेलेन्स्कीको आलोचना गर्नुभएको छ । यसले किएभ र युरोपेली सहयोगीहरूमा ट्रम्पले रुसलाई फाइदा पुग्ने समझौता स्वीकार गर्न युक्रेनलाई बाध्य पार्न सक्नुहुन्छ भन्ने डर उत्पन्न गरेको छ ।

तर शुक्रबार ट्रम्पले युद्धको मैदानमा युक्रेनलाई ‘प्रहार’ गरेकोमा रुसमाथि थप प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएको थिए।

युक्रेनका युरोपेली सहयोगीहरूले गत हप्ता जेलेन्स्कीसँग शिखर सम्मेलन आयोजना गरेका थिए र उनीहरूले रक्षा खर्च ठूलो मात्रामा बढाउने घोषणा गरेका थिए ।

बेलायत र फ्रान्सले युक्रेनका लागि समुद्र र हावामा युद्धविराम र युक्रेनको शक्ति सुविधाहरूमा रुसले गरेको बमबारी रोक्न प्रस्ताव गरेका छन् । जेलेन्स्कीका अनुसार युक्रेनी र बेलायती कूटनीतिज्ञहरूले सप्ताहन्तमा किएभमा वार्ता गरेका थिए ।

ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीचको सार्वजनिक विवादका कारण अमेरिकी नेताले माग गरेको खनिज सम्झौतामा हस्ताक्षर नगरी युक्रेनीहरू बाहिरिएपछि साउदी वार्ता आएको हो ।

पछि जेलेन्स्कीले घटनालाई ‘दुःखदायी’ भन्नुभयो र ट्रम्पको ‘बलियो नेतृत्व’ सँग काम गर्न तयार रहेको बताउनुभयो । उहाँले रणनीतिक खनिज भण्डारको सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको पनि बताए।

विट्कफले ट्रम्पले जेलेन्स्कीबाट एक पत्र प्राप्त गर्नुभएको र त्यसलाई ‘एक धेरै सकारात्मक पहिलो कदम’ र ‘एक माफी’ भनेको बताए।

युक्रेनले साउदी अरबमा सम्झौतामा हस्ताक्षर गर्नेछ कि भनेर सोधिएको प्रश्नमा विट्कफले भने, “मलाई लाग्छ जेलेन्स्कीले यसमा हस्ताक्षर गर्ने प्रस्ताव राखेको छ र उनले यसलाई पालना गर्नुहुन्छ वा हुन्न भनेर हामी हेर्नेछौँ ।”

शान्तिका लागि तयार छैन
विट्कफले फेब्रुअरीमा जेलमा रहेका एक अमेरिकी शिक्षकको रिहाइका लागि मस्को भ्रमण गरेको थिए र पछि उनले पुटिनसँग धेरै समय कुरा गरेको र उनीसँग ‘सम्बन्ध विकास’ गरेको बताएको थिए ।

ट्रम्प र जेडी भान्ससँगको जेलेन्स्कीको विवादास्पद भेटका क्रममा वाल्ट्ज ओभल अफिसमा थिए। उनले पछि फक्स न्युजलाई जेलेन्स्की ‘शान्ति वार्ता गर्न तयार हुनुहुन्न’ तर ‘समय उहाँको पक्षमा छैन’ भनेको थिए।

सिएनएनसँगको अन्तर्वार्तामा वाल्ट्जले भन्नुभयो, “यदि जेलेन्स्कीको व्यक्तिगत प्रेरणा वा राजनीतिक प्रेरणा लडाइँ अन्त्य गर्नेबाट भिन्न छ।।।तब मेरो विचारमा हामीसँग वास्तविक समस्या छ ।”

साउदी मध्यस्थकर्ता
साउदी अरब रुस र युक्रेनसँग अमेरिकी कूटनीतिका लागि एक प्रमुख आयोजक बनेको छ । रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र रुबियोले गत महिना रियादमा भेट गरी संवाद पुनः सुरु गर्न र युक्रेन द्वन्द्वमा वार्ता सुरु गर्न सहमत भएको थिए ।

जेलेन्स्कीले सन् २०२२ मा रुसको आक्रमणपछि साउदी अरबमा धेरै पटक भ्रमण गर्नुभएको छ तर गत महिना रुस–अमेरिका वार्तामा निमन्त्रणा नभएको भन्दै भ्रमण स्थगित गरेको थिए।

सन् २०२२ मा रुसी नियन्त्रित युक्रेनमा रहेका पाँच कैदीलाई क्राउन प्रिन्ससँगको वार्तापछि आदानप्रदान गर्न रियाद लगिएको थियो ।

पुटिनले क्राउन प्रिन्सले गत वर्ष ‘जासुसी’ गरेको आरोपमा रुसले जेलमा राखेका वालस्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोभिचको रिहाइ सुरक्षित गर्न पनि सहयोग गरेको बताए ।

अमेरिकाको ऐतिहासिक मित्र, तेल–धनी राज्य साउदी अरब सन् २०१८ मा टर्कीमा असन्तुष्ट साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि अन्तर्राष्ट्रिय रूपमा अछूत बन्यो । तर विट्कफले ट्रम्पको टोलीको ‘साउदीहरूसँग साँच्चै राम्रो सम्बन्ध छ’ भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending