मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका लोपोन्मुख वनकरिया समुदायले चैतेधान रोप्न सुरु गरेका छन् । डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेकाे हाे । खेतमा धान रोप्दै गरेकी सुन्तली वनकरियाले हरेक वर्ष करिब पाँच क्विन्टल चैतेधान भित्र्याउने गरेको बताइन् । उनका अनुसार पानी कम हुने भएकाले जम्मा तीन कठ्ठामा मात्र चैतेधान रोप्ने गरेकी छिन् भने समुदायमा सबैले करिब आफ्नो जग्गाको आधा जग्गामा मात्र चैतेधान रोप्ने गरेका छन् ।
चैतेधानले उक्त समुदायलाई चार महिना सजिलै पुग्ने सुन्तलीको भनाइ छ । उनी भन्छिन्, ‘हाम्रा सासूससुराले धान रोप्ने गर्नुहुन्न थियाे, किनकि उहाँहरू जंगलमा बस्ने गर्नुहुन्थ्यो । तर, अहिले हामीलाई करिब खान पुग्ने खेती हामी गर्छौँ,’ उनी थप्छिन्, ‘हामी धान, मकै, आलु र तरकारी खेती गर्छौँ, भैँसी र बाख्रा पालेका छौँ ।’ उनका दुई छोरा, श्रीमानसहित चारजनाको परिवार छ । खानका लागि खेतीले पुग्ने र बच्चा पढाउन र अन्य खर्चको जोहो गर्न भने कमाउन जानुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।
त्यसैगरी, चार छोरी र तीन छोरासहित ठुलो परिवार रहेको विष्णु वनकरिया पनि अहिले चैतेधान रोप्न व्यस्त छिन् । उनको हालको दैनिकी आफ्नो खेतमा धान रोप्ने मात्र होइन, समुदायका सदस्यकामा मेलापर्म गरेर बित्ने गरेको छ । बाहिरबाट काम गर्नका लागि कोही पनि नबोलाउने भएका कारण उनीहरू एक–अर्काको पर्म गर्ने गरेको उनी बताउँछिन् ।
समुदायकी मुखिया सन्तमाया वनकरियालाई पनि चैतेधान रोप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै उठेर बिउ काड्ने गर्छिन् । बालबालिका विद्यालय गइसकेपछि पालैपालो धान रोप्ने गरेको उनी बताउँछिन् । जेटिए अध्ययन गरेर गाउँमा नै सेवा गरिरहेकी सन्तोषी वनकरियालाई अहिले रोपिरहेको धान भित्र्याउँदाको खुसीभन्दा पनि धान रोपिरहेको जमिनको स्वामित्व स्थायी रूपमा हस्तान्तरण नभएको चिन्ता लाग्ने गरेको छ।
आफू वनमा जन्मेको भए पनि बालापन बिताएको उक्त बस्तीको जमिन आफूहरूका लागि तत्कालीन अवस्थामा २० वर्षलाई मात्र दिएको र उक्त समय सकिन लागेको कारण आफू चिन्तित भएको उनको भनाइ छ । उनका अनुसार समुदायलाई ०६२ मा तत्कालीन जिविसले सामुदायिक वनको छेउमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ ।
वनकरिया समुदायले १८ वर्षअगाडिसम्म खेती गर्न नजानेको र बालबालिकालाई पनि गाईभैँसीको दुध खुवाउने चलनसमेत नभएको समुदायकी मुखिया सन्तमायाको भनाइ छ । उनका अनुसार तत्कालीन समयमा गिठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो माछा खाएर जीवन धान्ने गरिन्थ्यो भने हाल खेतीपाती र पशुपालनबाट खानका लागि पुग्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: