Ntc summer Offer
Khabar Dabali २ चैत्र २०८१ आईतवार | 16th March, 2025 Sun
Investment bank

दाङमा सिँचाइका लागि वनभित्र नौ बिघाको पाेखरी निर्माण

खबरडबली संवाददाता

दाङ । दाङको देउखुरीमा कृषका लागि सिँचाइको व्यवस्थापन गर्न नौ बिघामा कृत्रिम जलाशय निर्माण गरिएको छ । लमही नगरपालिका वडा–९ स्थित तेलिया हरियाली सामुदायिक वनमा सो कृत्रिम जलाशय निर्माण गरिएको हो ।

खेतिपातीमा सिँचाइका लागि पानीको अभाव हुन थालेपछि सामुदायिक वनको सिमसार क्षेत्रलाई कृत्रिम जलाशयको रूपमा विकास गरिएको लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले बताए । गत वर्ष त्यस सिमसार क्षेत्रलाई कृत्रिम जलाशयको रूपमा विकास गरेको उनले जानकारी दिए । 

गर्मीयाममा पानीको सुख्खा हुन नदिन सिमसार क्षेत्रलाई कृत्रिम जलाशय निर्माण गरिएको उनले बताए । यो जलाशयबाट वडाको विभिन्न ठाउँमा सिँचाइका लागि पानी लग्ने तयारी भएको समेत स्थानीय अगुवा डम्बर खत्रीले बताए । उनका अनुसार यो जलाशय सौरेनी जलायशको नाममा परिचित छ । 

सौरेनी जलाशय अहिले रिहारको आसपासमा रहेको घरपालुवा जनावर (पशुचौपाया) का लागि पानी खुवाउने गन्तव्य बनेको छ, उनले भने, “भविष्यमा तेलिया गाउँमात्र नभई वडाका विभिन्न गाउँमा सिँचाइका लागि उक्त जलाशयबाट सिँचाइ गर्ने योजना बनाइएको छ ।”

रिहार बजारदेखि करिब ३ किलोमिटरभित्र रहेका सौरेनी जलाशय हेर्नका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकहरू आउनेगरेको उनले जानकारी दिए । जलाशय हेर्दा सुन्दर र आकर्षक देखिएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बनेको स्थानीय अगुवा खत्रीले बताए । भविष्यमा उक्त जलाशयमा डुङ्गा सयर गर्न सकेमा यसको थप आकर्षण बढ्ने उनले बताए । 

"रिहार मन्दिर अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई केन्द्रीत गरेर सौरेनी जलाशयमा डुङ्गा सयर गर्न सकेमा यसको आककर्षण अझ बढ्न सक्छ, उनले भने, “यस क्षेत्रलाई पर्यटकको विकासका लागि लमही सरकारले दीर्घकालीन योजना बनाउनुपर्छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

काठमाडौं । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म त्यस उद्योग वरपरका बस्तीमा घ्यूसहित ...

गण्डकी प्रदेशसभामा चैतभर आठ दिन संसद बैठक बस्ने

पाेखरा । अघिल्लो वर्ष सरकार गठन, विश्वासको मत जस्ता प्रक्रियामै लामो समय खर्चिएको गण्डकी प्रदेशसभा यसपालि व्यवस्थित देखिएको छ । प्रदेशसभाले संसद बैठकक...

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

किएभ । रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएक...

पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम...

पाँचथर गोल्डकपको उपाधि नमो बुद्व फुटबल क्लब सप्तरीकाे कब्जामा

पाँचथर । नमो बुद्व फुटबल क्लब सप्तरी पाँचथर गोल्डकपको विजेता बनेको छ । प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै नमो बुद्...

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ ।  आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको न...

सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको ...

गैसस महासंघकाे अध्यक्षमा अर्जुन भट्टराई चयन

काठमाडौं । गैरसरकारी संस्था महासङ्घ नेपालको ११औँ महाधिवेशनले अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समितिको सर्वसम्मतिले निर्वाच...

दाङमा ट्याक्टरको ठक्करले बालिकाको मृत्यु

दाङ । तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  छत्रेश्वरी गाउँपालिका –२ सल्यान  घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्ट...

म्याग्दीमा स्लेट तथा ढुंगा खानी उत्खनन गर्न पाइने

म्याग्दी । यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy