Ntc summer Offer
Khabar Dabali १३ चैत्र २०८१ बुधबार | 26th March, 2025 Wed
Investment bank

जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका

खबरडबली संवाददाता

सिरहा । यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक कालोपत्र गर्ने भएको छ । आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमबिच यहाँको ठाना चोकदेखि कटहा चोकसम्म सडक कालोपत्र (अस्फाल्ट) कार्यको शिलान्यास गरे । 

यस सडकले लहान नगरपालिका-१, २, ३ र १९ का वडावासी लाभान्वित हुने छन् । सडक कालोपत्रको शिलान्यास गर्दै नगरप्रमुख चौधरीले निर्धारित समयभित्र गुणस्तरीय सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै, उनले धुवाँधुलोले आक्रान्त यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए । 

नगरप्रमुख चौधरीले भने, “सडक कालोपत्र नहुँदा लामो समयदेखि धुँवा र धुलोको समस्याले हैरान भएका भन्दै यहाँका नागरिकको गुनासो थियो । अब त्यसबाट मुक्ति मिल्ने छ ।” आगामी दिनमा नगरमा रहेका जीर्ण सडक क्रमशः कालोपत्र तथा ढलान गरी नगरबासीलाई गुणस्तरीय सडक उपलब्ध गराउने नगरप्रमुख चौधरीको भनाइ छ ।

चार करोड पाँच लाख १३ हजार ८१८ रुपियाँ (भ्याटसहित) रहेको यस आयोजना आगामी जेठ २ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । शिलान्यास कार्यक्रममा वडा नं १ का अध्यक्ष युगलकिशोर चौधरीले भित्रि सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएको बताए । उनले यस प्रकारका आयोजनाले लहान नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान दिने धारणा राखे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुगुमा जडीबुटीबाट राम्रो राजस्व सङ्कलन

मुगु । आर्थिक वर्ष मुगुमा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १९ प्रजातिका वनस्पतिबाट एक लाख ३३ हजार केजी जडीबु...

गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का  वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सिम्लका ...

गुल्मीको मुसिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

रेसुङ्गा । गुल्मीको मुसिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–७ की ६० वर्षीया चन्द्रकला कुमालको करेन्ट लागेर मृत्यु भएको जिल्ल...

निर्णय बदरकाे माग गर्दै कुलमान सर्वोच्च पुगे

बदनियतका साथ स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको जिकिर

सर्लाहीको गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित ताज गेस्ट हाउसमा युवती मृत फेला परेकी छन् । भारत घर भएर दुई दिनदेखि सो गेस्ट हाउसमा बसेकी ३१ वर्षीया आरत...

रामेछापमा डढेलाे बस्तीमा पस्दा दुई घर र तीन गोठ जले

रामेछाप । घर नजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा दुुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा ...

राप्रपाले २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने, वैशाख ७ बाट निरन्तर आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी...

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गते...

विचारधीन विधेयक टुंगोमा लैजान सत्तारूढ दल सहमत

काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने वि...

प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधान...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy