Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

जापानले बनायो १५ मिनेटमै मानिसलाई धोएर सफा गर्ने वासिङ मेसिन

खबरडबली संवाददाता

काठमाडौ । जापानले मान्छे धुने मेसिन बनाएको छ । बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वासिङ मेसिन निर्माण गरेको हो । यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ ।

यो मानव वासिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरणमा मात्र रहेको छ । भविष्यमा यसलाई व्यावसायिक रूपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रका लागि बजारमा ल्याउने योजना कम्पनीको छ ।

यो मेसिन सन् १९७० को जापान वल्र्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ । त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी ९जुन अहिले प्यानासोनिक कम्पनी बनेको छ० ले एउटा अण्डाकार अल्ट्रासोनिक बाथ सार्वजनिक गरेको थियो ।

यो मेसिनमा कुनै व्यक्ति बस्दा तातोपानीले भरिन्थ्यो । त्यसमा अल्ट्रासोनिक तरङ्ग तथा मसाजको सुविधा पनि थियो र पछि पानी आफैँ निस्किन्थ्यो । यद्यपि अल्ट्रासोनिक बाथ त्यो बेला लोकप्रिय बन्न सकेन ।

साइन्स कम्पनीले बनाएको मानव वासिङ मेसिनको नाम मिराइ निङ्गेन सेन्टाकुकी हो । आगामी अप्रिल महिनामा हुने प्रदर्शनीमा यो मेसिन पहिलो पटक सार्वजनिक गरिने छ । यो मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा सेन्सर रहेको छ । जसले मानिसको शरीरको अवस्था हेरिकन ठिक्कको तापक्रमको पानी छाड्दछ ।

साथै नुहाउने बेलामा सम्बन्धित व्यक्तिले पारदर्शी खोलमा विभिन्न खालका आनन्ददायक भिडियो पनि हेर्न सक्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री बालेनको स्पष्टिकरण: आवासको हक सुनिश्चित गर्न कदम चालिएका हुन्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् उनले ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending