पोखरा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चल्न थालेको प्रभाव अब पोखरामा पनि देखिन थालेको छ। महानगरपालिकाले ३५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न अल्टिमेटम दिएपछि यहाँका सुकुम्बासी बासिन्दा त्रासमा छन्।
वैशाख ३ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार महानगरले वैशाख ४ गते सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएको हो। तर पोखरा–९ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका करिब ४ सय ७५ घरधुरीले भने स्पष्ट सन्देश दिएका छन्—“विकल्प नदिएसम्म हाम्रा घर छोड्दैनौं।”
हालै गठन गरिएको ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति, कास्की’ले पत्रकार सम्मेलन गर्दै पुनःस्थापना बिना बस्ती खाली गर्न नसकिने अडान दोहोर्याएको छ। उनीहरूले व्यवस्थापनपछि मात्र कुनै पनि कदम स्वीकार्य हुने बताएका छन्।
समितिले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिसकेको छ। वैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र पृथ्वीचोकमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।
इतिहास पनि यस विवादसँग जोडिएको छ। पृथ्वीचोक बसपार्क क्षेत्र २०३२ सालमा करिब २०५ रोपनी जग्गा अधिग्रहण गरेर निर्माण गरिएको थियो। त्यसयता त्यही क्षेत्रमा सुकुम्बासी बसोबास गर्दै आएका छन्। समयक्रममा अतिक्रमण, मुआब्जा र सडक विस्तारका कारण उक्त क्षेत्र खुम्चिँदै अहिले करिब ५०–८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ।
व्यवस्थापनबिनै हटाउने कि बसोबासीसँग सहमति खोज्ने? पोखरामा यो विवाद अब टकरावको चरणतिर उन्मुख देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - २१:३६
काठमाडाैं । जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोभित्र आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएपछि नयाँ विवाद सुरु भएको छ...
जेष्ठ ५ गते, २०८३ - २१:२८
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा अहिले पढाइभन्दा बढी प्रशासनिक ‘रिहर्सल’ चलिरहेको दृश्य देखिएको छ । अध्यादेशबाट पदमुक्त गरिएका डिनहरूलाई फ...
जेष्ठ ५ गते, २०८३ - २१:१७
सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्ट अहिले राजनीतिक र प्रहरी वृत्तमा चर्चाको केन्द्र बनेको छ । पूर्वगृहमन्त्री सुधन गुरुङ युवतीसहित ...
जेष्ठ ५ गते, २०८३ - १९:४६
काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...
जेष्ठ ५ गते, २०८३ - १९:३४
काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...
जेष्ठ ५ गते, २०८३ - १९:३०
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...
जेष्ठ ५ गते, २०८३ - १९:२८
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपर...
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...



प्रतिकृया लेख्नुहोस्: