Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

एयरटेलपछि जियोसँग स्टारलिङ्कको सम्झौता, भारतमा आक्रमक बन्दै

खबरडबली संवाददाता

काठमाडौँ । एलन मस्कको इन्टरनेट कम्पनी भारतीय बजारमा प्रवेश गरेको छ । 

उच्च गतिको इन्टरनेट सेवा दिने स्टारलिङ्कले भारतमा एयरटेलपछि रिलायन्स जियोसँग पनि सम्झौता गरेर भारतीय बजारमा आक्रामक रुपमा अगाडी बढ्ने संकेत गरेको छ । स्टारलिङ्क एक स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवा हो जसले स्याटेलाइट कभरेज भित्र जहाँसुकै इन्टरनेट पहुँच प्रदान गर्न सक्छ । यस सुविधाका कारण, परम्परागत इन्टरनेट सेवा उपलब्ध नभएका दुर्गम वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि विश्वव्यापी रुपमा यो राम्रो विकल्प बनिरहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार, जियो प्लेटफर्म्स लिमिटेडले जियो र स्टारलिङ्कले सम्पूर्ण भारतलाई उच्च गतिको इन्टरनेटसँग जोड्न एकसाथ विस्तार गरिरहेका छन् र यो सम्झौता भारतमा इन्टरनेट कनेक्टिभिटीको विकासमा कोसेढुङ्गा भएको बताएको छ ।

जियो प्लेटफर्म्स लिमिटेडले भनेको छ- 'जियो प्लेटफर्म लिमिटेडले भारतीय उपभोक्ताहरूलाई स्टारलिङ्क ब्रॉडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको छ । जियोले आफ्नो रिटेल आउटलेटहरू र अनलाइन मार्फत स्टारलिंक सेवा प्रदान गर्नेछ ।'

गत वर्ष भारतको स्याटेलाइट ब्रॉडब्यान्ड बजारको लागि विश्वका दुई धनी व्यक्तिहरू, स्पेसएक्सका मालिक एलन मस्क र जियोका मालिक मुकेश अम्बानी बीच प्रतिस्पर्धा भएको थियो । गत अक्टोबरमा, भारत सरकारले ब्रोडब्यान्डको लागि स्याटेलाइट स्पेक्ट्रमको आवन्टन लिलामी मार्फत नभई प्रशासनिक रूपमा गरिने घोषणा गरेको थियो । मस्क पहिलेदेखि नै लिलामी मोडेलको आलोचक रहेका छन् भने अम्बानी यसको समर्थक रहेका छन् ।

यसअघि एयरटेलले पनि स्टारलिङ्कसँग भारतमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending