Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

किन पूर्णिमाको भोलिपल्ट मनाइन्छ मधेसमा होली ?

खबरडबली संवाददाता

होली केबल रङको पर्व मात्र नभई सत्यको विजय, प्रेम, खुसी, नयाँ जीवन र सामाजिक सद्भावको प्रतीक हो। यसले हामीलाई बिगतका कटुता बिर्सेर खुसी, मित्रता र एकतालाई प्राथमिकतामा राख्ने सन्देश दिन्छ। सायद त्यसैले नेपालमा विशेष उल्लासका साथ होली पर्व मनाउने गरिन्छ ।

होलीको कुरा गर्दा भक्त प्रल्हाद, उनका पित्ता हिरण्यकश्यपु र होलिकासँग जोडिएको पाइन्छ । प्रल्हादले आफ्ना पिता हिरण्यकश्यपुलाई सर्वशक्तिमान, श्रेष्ठ नमानी भगवान मान्ने गर्थे।

यसै कारण प्रल्हादलाई जलाएर मार्ने षड्यन्त्र असफल भएको र आगोमा नजल्ने वरदान पाएकी ‘होलिका’ अरुको अहित गर्ने उद्देश्य लिएका कारण भस्म भएकोले नै होली मनाउने गरेको पौराणिक कथन छ ।

होलीको अर्को पक्ष पनि छ । होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ। भगवान कृष्णले राधा र गोपिनीहरूसँग रङ खेल्दै रमाइलो गरेको कथा पनि यो पर्वसँग जोडिएको छ। कृष्णले आफ्नो श्याम वर्ण ९रङ० लाई लिएर चिन्ता व्यक्त गर्दा माता यशोदाले राधालाई रङ लगाउन भनेकी थिइन् ।

राधाले कृष्णलाई रङ लगाएपछि उनीहरूको प्रेम झनै गहिरियो। यसै परम्परालाई जीवन्त राख्न होलीमा रङ खेल्ने चलन छ। र, यो विशेषतस् प्रेमीहरूका बीचमा अझ लोकप्रिय रहेको छ ।

धर्म एउटै, चलन एउटै, कथा एउटै भए पनि पहाडी र तराई क्षेत्रमा होली मनाउने दिन फरक किन रु धेरैलाई जिज्ञाशा हुने गर्छन् । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ तर तराईमा त्यसको भोलिपल्छ रङ खेलेर होली मनाउने चलन छ।

नेपालको पहाडी र तराई क्षेत्रका परम्परागत चलनहरु फरक फरक रहेका छन्। पहाडतिर पनि फाल्गुन महिनाको पूर्णिमा तिथिमा नै होलिका दहन गरिन्छ । तराईमा पनि सोही राति होलिका दहन गरिन्छ । यसमा भिन्नता छैन ।

तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ, आखिर किन ?

मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रविण नारायण चौधरीका अनुसार होली पूर्णिामाका दिन घरका देवीलाई पूजा–आराधना गर्ने गरिन्छ । राति होलिका दहन गर्ने भएकाले भोलिपल्ट बिहान देवीको प्रसाद ग्रहण गर्ने र रङ–अबिर खेलेर होली मनाउने प्रचलन भएकाले एक दिन ढिला भएको हो ।

हुनत होली भनेको खानपिनसँग पनि सम्बन्धित छ ।

मधेसमा नवरात्री, लक्ष्मीपूजा लगायतका शुभउत्सव तथा पूजाहरुमा माछा–मासु नखाने, व्रत वस्ने प्रचलन छ । फागु पूर्णिमाको दिन शुभ दिन रहेको, यस दिन होलिका दहन गरिने, भगवान नर्सिङहको जन्म भएर हिरण्यकैश्यपको बध गरेकाले सो दिन राक्षसी भोजन (माछा–मासु)सेवन नगर्ने भएकाले पनि भोलिल्ट मान्ने प्रचलन भएको हुनसक्ने चौधरीको तर्क छ।

होली वसन्त ऋतुको आगमनको संकेत पनि हो। यो समय जाडो सकिएर गर्मी सुरु हुने समय हो, जहाँ वातावरणमा खुसी, उमंग र नयाँ ऊर्जा ल्याउने विश्वास गरिन्छ ।

यसबेला आँप, लिची फुल्न थाल्ने, किसानहरूले बाली भित्र्याउने हुन्छ । प्रकृतिलाई धन्यवाद दिन पनि होली मनाउने गरिन्छ भन्ने तर्क पनि समाजमा विद्यमान छ ।

त्यस्तै होली सामाजिक तथा सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ। यो पर्वमा सबै वर्ग, जात, धर्म, उमेरका मानिसहरू एकै ठाउँमा भेला भएर रङ खेल्छन् । मिठाइ बाँड्छन्, र रिसराग बिर्सेर नयाँ सम्बन्ध सुरुवात गर्छन्। पुरानो मनमुटाव मेटाउने, मित्रता बलियो बनाउने र समाजमा भाइचारा फैलाउने पर्वका रूपमा पनि होली मनाइन्छ।

होली जहिले मनाए पनि अरुको अहितको कामना गरे भस्म हुनुपर्ने शिक्षा लिएर सदैव मानव हित, एकता र आपसी सद्भाव कायम गर्ने उद्देश्यका साथ मनाइयोस् । सकारात्मक उर्जा र प्रेम बढोस् र यसका लागि मनाइयोस्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending