Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’

खबरडबली संवाददाता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

पुटिनले संयुक्त राज्य अमेरिकासँगको वार्तामा युक्रेनले मङ्गलबार संयुक्त राज्य अमेरिकासँगको वार्तामा सहमति जनाएको यस योजनामा आफ्नो पहिलो टिप्पणी राख्दै  भने, “म प्रस्तावित युद्धविरामको ‘पक्षमा’ छु तर ‘त्यहाँ सूक्ष्मताहरू छन्’ र यसले कसरी काम गर्नेछ भन्ने बारेमा ‘गम्भीर प्रश्नहरू’ उठाएको छ ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको टिप्पणीलाई ‘धेरै तोडमोड’ गरिएको अभिव्यक्तिका रूपमा निन्दा गरे। उनले भने, “गत रातिको आफ्नो सम्बोधनबाट पुटिनले ‘वास्तवमा प्रस्तावलाई अस्वीकार गर्ने तयारी गरिरहनुभएको बुझिन्छ तर यसलाई ‘अमेरिकी राष्ट्रपति ट्रम्प’ समक्ष व्यक्त गर्न चाहनुहुन्न । वास्तवमा, उहाँ ९पुटिन० यो युद्ध जारी राख्न चाहनुहुन्छ ।”

संयुक्त राज्य अमेरिकाले रूसलाई बिना कुनै शर्त युद्धविराममा सहमत हुन आह्वान गरेको छ तर पुटिनले धेरै आपत्तिहरू उठाउँदै भन्नुभएको छ, “मलाई लाग्छ कि हामीले हाम्रा अमेरिकी सहकर्मीहरूसँग कुरा गर्न आवश्यक छ । सम्भवतः ती कुराबारे उहाँहरूले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुरा गर्नु छलफल गर्नु उचित होला ।”

पुटिनले युद्धविराम ‘सही विचार’ भएको तर यो प्रस्तावले युक्रेनलाई फाइदा पुर्‍याउने बताएको छन ।रुसले द्रुत गतिमा आफ्नो भूमि कब्जा गरिरहेको र युक्रेनका सैनिकहरूले धक्का खेपिरहेको बेला हजारौँ किलोमिटर लामो युद्धको अग्र भागमा युद्धविरामको अनुगमन कसरी गर्ने भनेर पनि प्रश्न गरे।

ट्रम्पले पुटिनको वक्तव्य ‘आशाजनक’ तर ‘पूर्ण नभएको’ बताएको छन ।

“वास्तवमा अन्तिम सम्झौताको धेरै विवरणहरू छलफल गरिएको छ। अब हामी रुस त्यहाँ छ कि छैन भनेर हेर्न गइरहेका छौं र यदि छैन भने यो विश्वका लागि निकै निराशाजनक क्षण हुनेछ,” ट्रम्पले भने ।

बुधबार कुर्स्क क्षेत्रमा रहेको सैनिक मुख्यालयको भ्रमणपछि रुसी राष्ट्रपतिट्रम्पले युक्रेनविरुद्ध आफ्ना सेनाले गरेको प्रगतिको प्रशंसा गर्दै उनीहरू अग्रपङ्क्तिका ’व्यावहारिक सबै क्षेत्रमा अघि बढिरहेको’ बताएका छन् ।

उनले भने, “स्थलगत अवस्था कसरी विकसित हुन्छ, त्यसको आधारमा हामी द्वन्द्व अन्त्य गर्ने र सबैलाई स्वीकार्य हुने सम्झौतामा पुग्ने अर्को कदममा सहमत हुनेछौँ ।”

ट्रम्पले तीन वर्षभन्दा लामो द्वन्द्वको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला उनका दूत स्टिभ विटकोफ उक्त योजनाबारे छलफल गर्न बिहीबार मस्को पुगेको थिए। 

क्रेमलिनका एक उच्च सहयोगी युरी उशाकोभले राष्ट्रपति पुटिनले ‘सङ्केत’ दिएपछि विटकोफले पुटिनलाई भेट्ने बताएको छन ।

रुसले एक वर्षभन्दा बढी समयदेखि युद्धभूमिमा अघि बढिरहेको छ र बिहीबार युक्रेनी सेनालाई रुसको कुस्र्क क्षेत्रको सुद्जा सहरबाट लखेटेको दाबी गरेको छ ।

मस्कोले युद्धभूमिमा अग्रता हासिल गरे पनि आफ्नो टोलीले युद्धविराम गर्न सक्नेमा आशावादी रहेको राष्ट्रपति ट्रम्पले बताएको छ न।

‘दीर्घकालीन शान्ति’

पुटिनले बिहीबार भन्नुभयो, “हामी शत्रुता अन्त्य गर्ने प्रस्तावमा सहमत छौँ, तर युद्धको समाप्तिले दीर्घकालीन शान्ति कायम गर्नेछ र सङ्कटको मूल कारणलाई सम्बोधन गर्नेछ भन्न आधार तय हुनु जरूरी छ ।”

रुसले युक्रेनमा विदेशी शान्ति सैनिकलाई युद्धविराम वा किएभका लागि दीर्घकालीन सुरक्षा प्रत्याभूतिका रूपमा स्वीकार गर्न अस्वीकार गरिसकेको छ ।

रूसको यो अडान युक्रेनले युरोपेली मित्रराष्ट्रहरूलाई रुसबाट भविष्यमा हुने आक्रमणबाट बच्न द्वन्द्व समाप्त भएपछि आफ्नो भूभागमा सैन्य ‘टुकडी’ तैनाथ गर्न गरेको अनुरोधविपरीत हुन सक्छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भने, “अन्य देशका सेनालाई कुनै पनि झण्डामुनि युक्रेनमा तैनाथ गर्नु हाम्रा लागि बिल्कुलै अस्वीकार्य छ । चाहे त्यो विदेशी दस्ता होस् वा सैन्य शिविर किनकी, यसको अर्थ हाम्रो देशसँग प्रत्यक्ष सशस्त्र द्वन्द्वमा यी देशहरूको संलग्नता हुनेछ।”

कुर्स्कका लागि लडाइँ

यसैबिच किएभले गत अगस्टमा सीमानामा रहेको रूसी क्षेत्र कुर्स्कलाई नियन्त्रणलाई लिएको भएपनि अहिले त्यहाँ रूसी सेनाले तीव्र गतिले आफ्नो क्षेत्रलाई फिर्ता लिएको दाबी गरेको छ ।”

रुसी रक्षा मन्त्रालयले सुद्जासहित सीमा क्षेत्रका अन्य दुई बस्तीलाई ‘मुक्त’ गरेको जनाएको छ । युद्ध अघि करिब पाँच हजार मानिसको बसोवास रहेको सुदझा किएभले रुसी क्षेत्रमा आक्रमण सुरु गरेपछि कब्जा गरिएको सबैभन्दा ठुलो बस्ती थियो ।

रूसले सन् २०१४ मा क्रिमियाकब्जा गरेयता युक्रेनको पाँचौं भागको एक भाग कब्जा गरेको र सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा जल, स्थल र हवाइ आक्रमण सुरु गरेको रुससँग जमिन आदानप्रदान गर्न कुस्र्क क्षेत्र युक्रेनका लागि केही ‘बार्गेनिङ’को आधारमध्ये एक हो ।

गत हप्ता दर्जनौं वर्ग किलोमिटर युक्रेनी क्षेत्र रूसले कब्जा गरेपछि अब सीमा क्षेत्रमा युक्रेनको आफ्नो पकड पूर्णरूपमा गुम्ने खतरा रहेको सैन्य ब्लगरहरूले बताएका छन् ।

युक्रेनको सुमी क्षेत्रको सैन्य प्रशासनले बिहीबार फेसबुकमा भनेको छ, “कुस्र्कसँगको सीमा नजिकका आठ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न आदेश दिइएको छ ।”

अमेरिकाले युक्रेनका लागि गुप्तचर सूचना आदानप्रदान र सुरक्षा सहयोग रोकेपछि यस क्षेत्रमा मस्कोको तीव्र प्रगति भएको हो, यद्यपि विश्लेषक र अधिकारीहरूले प्रत्यक्ष सम्बन्ध नबनाउन चेतावनी दिएका छन् ।

वासिङ्टनले मस्कोसँगको वार्ताअघि किएभलाई समर्थन गर्न थालेको जनाएको छ ।

पुटिन र साउदी युवराजबिच छलफल

यसैबिच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबिच युक्रेन द्वन्द्वको सम्भावित समाधानका लागि टेलिफोन वार्ता भएको क्रेमलिनले शुक्रबार जनाएको छ ।

“पुटिनले साउदी अरबले फेब्रुअरी १८ मा रूसी र अमेरिकी अधिकारीहरूबिच वार्ताको आयोजना गरेको प्रसङ्ग उल्लेख गर्दै युवराज मोहम्मद बिन सलमानसँग साउदी अरबको मध्यस्थता प्रयासको सराहना गर्नुभएकोे’ थियो,” क्रेमलिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“राजकुमार मोहम्मदले युक्रेनी सङ्कट समाधानको महत्त्वलाई ध्यान दिनुभयो र रुसी–अमेरिकी सम्बन्धलाई सामान्यीकरण गर्न हरसम्भव योगदान जारी राख्न तत्परता व्यक्त गरे,” विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राज्य अमेरिकाले युक्रेनमा ३० दिनको युद्धविरामको प्रस्ताव गरेको छ, जसलाई किएभले पहिले नै स्वीकार गरिसकेको छ। बिहीबार मस्को पुगेका अमेरिकी राजदूत स्टिभ विटकोफ रुसी पक्षसमक्ष शुक्रबार पनि संवादमा रहेको छन ।

“पुटिन र राजकुमार मोहम्मदले द्विपक्षीय सहयोग र ‘विश्व तेल बजारको स्थिरता’ का लागि युद्धविराम र स्थायी शान्तिको ‘महत्त्व’ बारे पनि छलफल गर्नुभएको छ,” क्रेमलिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री बालेनको स्पष्टिकरण: आवासको हक सुनिश्चित गर्न कदम चालिएका हुन्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् उनले ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending