Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । निर्यात व्यापारमा सुधार देखिए पनि मुलुकको दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड पुगेको छ । स्वदेशमै पर्याप्त उत्पादन गर्न सकिने वस्तुको समेत आयात बढ्दा व्यापार घाटा चुलिएको सरोकारवाला बताउँछन् । 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यसअनुसार मासिक व्यापार घाटा १ खर्ब २४ अर्ब ५९ करोड छ । अर्थात् दिनको घाटा ४ अर्ब १५ करोड छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो । दैनिक घाटा ३ अर्ब ९० करोड थियो । अहिले व्यापार घाटा धेरैले बढेको हो । यसको मुख्य कारण स्वदेशमै उत्पादन हुन सक्ने वस्तुमा पनि परनिर्भरता बढ्नु रहेको जानकारको भनाइ छ । ‘मुख्य बाली धान–मकै आयातमै अर्बौं रुपैयाँ खर्च भएको छ । तेलहन र फलफूलको अवस्था पनि उस्तै छ,’ पूर्ववाणिज्य सहसचिव रवि सैंजूले भने, ‘कतिपय वस्तु आयात नभई हुँदैन, त्यसैले घाटा तत्काल कम गर्न सकिँदैन । तर स्वदेशी मागले धान्न सक्ने गरी कृषि उत्पादन बढाउन सके आयात–निर्यातको खाडल घटाउन सकिन्छ ।’

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोडको वस्तु आयात भएको थियो । ९ महिनामा आयात व्यापार १२.१८ प्रतिशतले बढेको हो ।

यस अवधिमा सोयाबिन तेल (कच्चा) आयात अस्वाभाविक बढेर पेट्रोललाई समेत उछिनेको छ । ९ महिनामा ६६ अर्ब ४ करोडको सोयाबिन तेल (कच्चा) आयात भएर आयात हुने वस्तुमध्ये दोस्रो नम्बरमा परेको छ । यस अवधिमा २२ अर्ब ६४ करोडको सनफ्लावर तेल (कच्चा) आयात भएको छ । निर्यातमा भन्सार छुट र निर्यात गर्दा अग्रिम भुक्तानी सुविधाले आयात अत्यधिक बढेको छ । उद्योगी व्यापारीले तेस्रो मुलुकबाट आयात गरी केही मात्रामा रिफाइन गरेर निर्यात गरेका छन् ।

प्रमुख बालीका रूपमा रहेको १८ अर्ब ५ करोडको धान र १३ अर्ब ७८ करोडको चामल आयात भएको छ । यसमध्ये ५ अर्ब ७८ करोडको बासमती चामल आयात भएको छ । १३ अर्ब ७३ करोडको मकै, ७ अर्ब ३४ करोडको स्याउ, ६ अर्ब ४५ करोडको लसुन र ६ अर्ब २ करोडको आलु आयात भएको छ । ‘स्वदेशमै यी वस्तुको उत्पादन सम्भव छ । सिँचाइ, मलबीउलगायात सुविधा दिएर लागत कम गरेर यिनको उत्पादन बढाउन पनि सकिन्छ,’ सैंजूले भने ।

स्वदेशी वस्तुको उत्पादन र निर्यात बढाउन सरकारले तुलनात्मक लाभका वस्तुसमेत पहिचान गरेको छ । निर्यात बढाउन नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) लाई पटक–पटक संशोधन गर्दै आएको छ । निर्यातमा केही सुधार देखिए पनि यो पर्याप्त नभएको जानकार बताउँछन् । ‘पहिलो कुरा अर्थतन्त्र चलायमान बनाउनुपर्छ, त्यसका लागि पुँजीगत खर्च बढाउनुपर्छ । उद्योग राम्रोसँग चले निर्यात बढाउन सकिन्छ, व्यापार घाटा पनि काम गर्न सकिन्छ,’ सैंजूले भने ।

आयात भएका वस्तुमध्ये पहिलो नम्बरमा भने डिजेल छ । ९ महिनामा ९१ अर्ब २६ करोडको डिजेल आयात भएको छ । ६३ अर्ब ७३ करोडको स्टिल तथा आइरन, ४७ अर्ब ७७ करोडको पेट्रोल, २५ अर्ब ३८ करोडको स्मार्टफोन, १७ अर्ब १२ करोडको सुनलगायत आयात भएको छ ।

९ महिनामा निर्यात व्यापार ६५.१६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म १ खर्ब ८८ अर्ब १९ करोडको वस्तु निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा खानेतेल नै छ । ९ महिनामा ६२ अर्ब ७८ करोडको सोयाबिन तेल, ९ अर्ब २३ करोडको सनफ्लावर तेल, ८ अर्ब ९ करोडको कार्पेट, ६ अर्ब २६ करोडको अलैंचीलगायत वस्तुको निर्यात भएको छ ।

नेपालले १ सय ६३ मुलुक बढीसँग द्विपक्षीय व्यापार गर्छ । सबैभन्दा धेरै व्यापार र घाटा भारतसँग छ । ९ महिनामा भारतसँग मात्रै ६ खर्ब ३५ अर्ब ७६ करोड घाटा छ । दोस्रोमा चीनसँग २ खर्ब ४५ अर्ब ६५ करोड घाटा रहेको विभागको तथ्यांक छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending