Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । निर्यात व्यापारमा सुधार देखिए पनि मुलुकको दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड पुगेको छ । स्वदेशमै पर्याप्त उत्पादन गर्न सकिने वस्तुको समेत आयात बढ्दा व्यापार घाटा चुलिएको सरोकारवाला बताउँछन् । 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यसअनुसार मासिक व्यापार घाटा १ खर्ब २४ अर्ब ५९ करोड छ । अर्थात् दिनको घाटा ४ अर्ब १५ करोड छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो । दैनिक घाटा ३ अर्ब ९० करोड थियो । अहिले व्यापार घाटा धेरैले बढेको हो । यसको मुख्य कारण स्वदेशमै उत्पादन हुन सक्ने वस्तुमा पनि परनिर्भरता बढ्नु रहेको जानकारको भनाइ छ । ‘मुख्य बाली धान–मकै आयातमै अर्बौं रुपैयाँ खर्च भएको छ । तेलहन र फलफूलको अवस्था पनि उस्तै छ,’ पूर्ववाणिज्य सहसचिव रवि सैंजूले भने, ‘कतिपय वस्तु आयात नभई हुँदैन, त्यसैले घाटा तत्काल कम गर्न सकिँदैन । तर स्वदेशी मागले धान्न सक्ने गरी कृषि उत्पादन बढाउन सके आयात–निर्यातको खाडल घटाउन सकिन्छ ।’

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोडको वस्तु आयात भएको थियो । ९ महिनामा आयात व्यापार १२.१८ प्रतिशतले बढेको हो ।

यस अवधिमा सोयाबिन तेल (कच्चा) आयात अस्वाभाविक बढेर पेट्रोललाई समेत उछिनेको छ । ९ महिनामा ६६ अर्ब ४ करोडको सोयाबिन तेल (कच्चा) आयात भएर आयात हुने वस्तुमध्ये दोस्रो नम्बरमा परेको छ । यस अवधिमा २२ अर्ब ६४ करोडको सनफ्लावर तेल (कच्चा) आयात भएको छ । निर्यातमा भन्सार छुट र निर्यात गर्दा अग्रिम भुक्तानी सुविधाले आयात अत्यधिक बढेको छ । उद्योगी व्यापारीले तेस्रो मुलुकबाट आयात गरी केही मात्रामा रिफाइन गरेर निर्यात गरेका छन् ।

प्रमुख बालीका रूपमा रहेको १८ अर्ब ५ करोडको धान र १३ अर्ब ७८ करोडको चामल आयात भएको छ । यसमध्ये ५ अर्ब ७८ करोडको बासमती चामल आयात भएको छ । १३ अर्ब ७३ करोडको मकै, ७ अर्ब ३४ करोडको स्याउ, ६ अर्ब ४५ करोडको लसुन र ६ अर्ब २ करोडको आलु आयात भएको छ । ‘स्वदेशमै यी वस्तुको उत्पादन सम्भव छ । सिँचाइ, मलबीउलगायात सुविधा दिएर लागत कम गरेर यिनको उत्पादन बढाउन पनि सकिन्छ,’ सैंजूले भने ।

स्वदेशी वस्तुको उत्पादन र निर्यात बढाउन सरकारले तुलनात्मक लाभका वस्तुसमेत पहिचान गरेको छ । निर्यात बढाउन नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) लाई पटक–पटक संशोधन गर्दै आएको छ । निर्यातमा केही सुधार देखिए पनि यो पर्याप्त नभएको जानकार बताउँछन् । ‘पहिलो कुरा अर्थतन्त्र चलायमान बनाउनुपर्छ, त्यसका लागि पुँजीगत खर्च बढाउनुपर्छ । उद्योग राम्रोसँग चले निर्यात बढाउन सकिन्छ, व्यापार घाटा पनि काम गर्न सकिन्छ,’ सैंजूले भने ।

आयात भएका वस्तुमध्ये पहिलो नम्बरमा भने डिजेल छ । ९ महिनामा ९१ अर्ब २६ करोडको डिजेल आयात भएको छ । ६३ अर्ब ७३ करोडको स्टिल तथा आइरन, ४७ अर्ब ७७ करोडको पेट्रोल, २५ अर्ब ३८ करोडको स्मार्टफोन, १७ अर्ब १२ करोडको सुनलगायत आयात भएको छ ।

९ महिनामा निर्यात व्यापार ६५.१६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म १ खर्ब ८८ अर्ब १९ करोडको वस्तु निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा खानेतेल नै छ । ९ महिनामा ६२ अर्ब ७८ करोडको सोयाबिन तेल, ९ अर्ब २३ करोडको सनफ्लावर तेल, ८ अर्ब ९ करोडको कार्पेट, ६ अर्ब २६ करोडको अलैंचीलगायत वस्तुको निर्यात भएको छ ।

नेपालले १ सय ६३ मुलुक बढीसँग द्विपक्षीय व्यापार गर्छ । सबैभन्दा धेरै व्यापार र घाटा भारतसँग छ । ९ महिनामा भारतसँग मात्रै ६ खर्ब ३५ अर्ब ७६ करोड घाटा छ । दोस्रोमा चीनसँग २ खर्ब ४५ अर्ब ६५ करोड घाटा रहेको विभागको तथ्यांक छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वार्ता र सडकमा एकसाथ शिक्षक- ९ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भए आन्दोलनको स्वरुप फेर्न तयार

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ। आज थप छलफल गरेर सहमतिमा पुगिने भएको छ।  शिक्षा, विज्ञान तथा प्रविधिम...

संस्थागत विद्यालयलाई काठमाडौं महानगरले भन्यो- नियमअनुसार विद्यार्थीलाई छात्रवृत्ति दिनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नियमानुसार छात्रवृति वितरण गर्न अनुरोध गरेको छ।  चालु शैक्षिक सत्र २०८२ का...

लुलाङ-गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी । लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्मा...

तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर

काठमाडौं । नेपालले मस्यौदा गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी)का कार्यान्वयनका लागि रु ८८ अर्ब ६९ करोड अमेरिकी डलर आवश्यक पर्ने भएको छ । ...

जनमत र नाउपाबीच आज पार्टी एकता घोषणा हुँदै, ७ सय केन्द्रीय सदस्य रहने

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषण...

माल्टा पठाइदिने भन्दै २४ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै रु २४ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा...

धनगढीबाट बैतडी जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

दिपायल । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल  गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घट...

प्रधानमन्त्रीले किन बोलाए सत्तापक्षीय दलको बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्।  प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि...

सरकार र शिक्षक महासंघबीच जुटेन सहमति, शिक्षामन्त्री भन्छन्- वार्ता सकारात्मक छ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्। शिक्षकसँगको वार्ता सम्...

बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, यी स्थानमा हुँदैछ वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending