Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

स्थानीयको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

फाइल फोटो
खबरडबली संवाददाता

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने सहमति जनाएका छन् ।

स्थानीयवासीको चर्को दबाबपछि रघुगङ्गामा निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले विभिन्न मागमा लिखित सहमति जनाएका हुन् । विगत लामो समयदेखि समुदायका मागलाई बेवास्ता गर्दै आएका जलविद्युत् आयोजनालाई राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीसँगको विभिन्न समयमा भएको छलफलपछि गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत् आयोजनाका प्रमुखहरूको छलफलमा जीर्ण सडकको स्तरोन्नतिसहित मुख्य मागमा लिखित सहमति जनाएका हुन् ।

आयोजनाहरूले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नतिका लागि विगतका सहमति पालनामा अटेरी गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएपछि ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलव पाँच मेगावाट क्षमताको राहुघाट मङ्गले, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाले ३३ बुँदे लिखित माग पालना गर्ने बताएका थिए । 

गत फागुन १५ र २५ गते भएको सरोकारवालाको भेलाले गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनालाई उक्त माग प्रस्तुत गरेकामा तत्काल र दीर्घकालीन रूपमा आयोजनाले गर्नुपर्ने उत्तरदायित्वका सम्बन्धमा लिखित प्रतिबद्धता गराइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । 

जलविद्युत् आयोजनाले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाको सामूहिक मागका रूपमा पेस भएका बुँदामा बृहत् छलफल गरी सहमति भएको अध्यक्ष भण्डारीको भनाइ छ । 

रघुगङ्गाका सबै वडावासीलाई प्रभावित क्षेत्रमा राखेर १० प्रतिशत सेयर वितरणका लागि पनि जलविद्युत् आयोजना सहमत भएका छन् । आयोजनाले यसअगाडि प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै सेयर प्रक्रियामा सहभागी गराउने गरेका थिए । सहमतिपत्रमा बेनी–जोमसोम सडकखण्डको घुमाउने तालबाट मौवाफाँट हुँदै बाँध रहने बुक्लसम्मको सडकलाई तत्काल ग्राभेलसहित स्तरोन्नति गर्न रघुगङ्गा हाइड्रोपावरले लिखित प्रतिबद्धता गरेको छ । 

हाल राहुघाट जलविद्युत् आयोजनाको आयोजना प्रतिवेदनमा सो सडकलाई ठेकेदार कम्पनीले आयोजना हस्तान्तरणका क्रममा ग्राभेलसहित स्तरोन्नति गर्ने उल्लेख भए पनि सरोकारवालाको मागबमोजिम घुमाउनेतालबाट मौवाफाँटसम्मको सडकलाई आयोजनाले कालोपत्र गरिनेछ ।

राहुघाटको ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्सले आयोजनालाई सडक हस्तान्तरण गरेपछि डिबिएसटी प्रविधिको कालोपत्र गर्न रघुगङ्गा हाइड्रोपावरले ८० प्रतिशत र यस गाउँपालिकामा निर्माणाधीन अन्य आयोजनाले उत्पादन क्षमताका आधारमा बाँकी २० प्रतिशत लागत व्यहोर्ने छन् ।

त्यसैगरी मौवाफाँटबाट दग्नाम, चिमखोला हुँदै पात्लेखर्कसम्मको मोटरबाटोलाई स्तरोन्नति गर्न तुँदी पावर, संयुक्त ऊर्जा र ठूलोखोला हाइड्रोपावरले चालु आर्थिक वर्षमा थप रु एक करोड ५० लाख बराबरको काम गर्ने र दीर्घकालीन रूपमा सडकलाई स्तरीय बनाउन गाउँपालिकासँगै प्रदेश र सङ्घीय सरकारसँगै हाल निर्माणाधीन जलविद्युत् आयोजनाले सहकार्य गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । 

यस्तै, आयोजना प्रभावित झिँ र पाखापानीमा पनि आयोजनाहरूले चालु आवमा सडक स्तरोन्नतिमा रु २५–२५ लाख उपलब्ध गराउने सहमति भएको छ । 

आयोजनाले सामाजिक उत्तरदायित्वको रकमलाई पारदर्शी बनाउन वडा र पालिकाको संयुक्त सिफारिसमा मात्र बजेट खर्च गर्ने सहमति गरेका छन्भने खानेपानी योजना, सिँचाइ योजना निर्माणमा सघाउने र प्रभावित क्षेत्रका विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक सहयोगलाई निरन्तरता गर्ने प्रतिबद्धता जनाएका छन् ।

आयोजनाहरूले गर्नुपर्ने प्रतिबद्धतामा रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसी, तुँदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल, ठूलोखोला हाइड्रोपावरका बित्त प्रमुख प्रदीप खतिवडा र संयुक्त ऊर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपालप्रसाद निउरले हस्ताक्षर गर्नुभएको छ । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सहमतिको पालना नभए जलविद्युत् आयोजनाले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending