Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

स्थानीयको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

फाइल फोटो
खबरडबली संवाददाता

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने सहमति जनाएका छन् ।

स्थानीयवासीको चर्को दबाबपछि रघुगङ्गामा निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले विभिन्न मागमा लिखित सहमति जनाएका हुन् । विगत लामो समयदेखि समुदायका मागलाई बेवास्ता गर्दै आएका जलविद्युत् आयोजनालाई राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीसँगको विभिन्न समयमा भएको छलफलपछि गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित जनप्रतिनिधि, सरोकारवाला र जलविद्युत् आयोजनाका प्रमुखहरूको छलफलमा जीर्ण सडकको स्तरोन्नतिसहित मुख्य मागमा लिखित सहमति जनाएका हुन् ।

आयोजनाहरूले प्रभावित क्षेत्रको सडकलाई स्तरोन्नतिका लागि विगतका सहमति पालनामा अटेरी गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएपछि ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलव पाँच मेगावाट क्षमताको राहुघाट मङ्गले, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाले ३३ बुँदे लिखित माग पालना गर्ने बताएका थिए । 

गत फागुन १५ र २५ गते भएको सरोकारवालाको भेलाले गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनालाई उक्त माग प्रस्तुत गरेकामा तत्काल र दीर्घकालीन रूपमा आयोजनाले गर्नुपर्ने उत्तरदायित्वका सम्बन्धमा लिखित प्रतिबद्धता गराइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । 

जलविद्युत् आयोजनाले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाको सामूहिक मागका रूपमा पेस भएका बुँदामा बृहत् छलफल गरी सहमति भएको अध्यक्ष भण्डारीको भनाइ छ । 

रघुगङ्गाका सबै वडावासीलाई प्रभावित क्षेत्रमा राखेर १० प्रतिशत सेयर वितरणका लागि पनि जलविद्युत् आयोजना सहमत भएका छन् । आयोजनाले यसअगाडि प्रभावित क्षेत्रका बासिन्दालाई मात्रै सेयर प्रक्रियामा सहभागी गराउने गरेका थिए । सहमतिपत्रमा बेनी–जोमसोम सडकखण्डको घुमाउने तालबाट मौवाफाँट हुँदै बाँध रहने बुक्लसम्मको सडकलाई तत्काल ग्राभेलसहित स्तरोन्नति गर्न रघुगङ्गा हाइड्रोपावरले लिखित प्रतिबद्धता गरेको छ । 

हाल राहुघाट जलविद्युत् आयोजनाको आयोजना प्रतिवेदनमा सो सडकलाई ठेकेदार कम्पनीले आयोजना हस्तान्तरणका क्रममा ग्राभेलसहित स्तरोन्नति गर्ने उल्लेख भए पनि सरोकारवालाको मागबमोजिम घुमाउनेतालबाट मौवाफाँटसम्मको सडकलाई आयोजनाले कालोपत्र गरिनेछ ।

राहुघाटको ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्सले आयोजनालाई सडक हस्तान्तरण गरेपछि डिबिएसटी प्रविधिको कालोपत्र गर्न रघुगङ्गा हाइड्रोपावरले ८० प्रतिशत र यस गाउँपालिकामा निर्माणाधीन अन्य आयोजनाले उत्पादन क्षमताका आधारमा बाँकी २० प्रतिशत लागत व्यहोर्ने छन् ।

त्यसैगरी मौवाफाँटबाट दग्नाम, चिमखोला हुँदै पात्लेखर्कसम्मको मोटरबाटोलाई स्तरोन्नति गर्न तुँदी पावर, संयुक्त ऊर्जा र ठूलोखोला हाइड्रोपावरले चालु आर्थिक वर्षमा थप रु एक करोड ५० लाख बराबरको काम गर्ने र दीर्घकालीन रूपमा सडकलाई स्तरीय बनाउन गाउँपालिकासँगै प्रदेश र सङ्घीय सरकारसँगै हाल निर्माणाधीन जलविद्युत् आयोजनाले सहकार्य गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । 

यस्तै, आयोजना प्रभावित झिँ र पाखापानीमा पनि आयोजनाहरूले चालु आवमा सडक स्तरोन्नतिमा रु २५–२५ लाख उपलब्ध गराउने सहमति भएको छ । 

आयोजनाले सामाजिक उत्तरदायित्वको रकमलाई पारदर्शी बनाउन वडा र पालिकाको संयुक्त सिफारिसमा मात्र बजेट खर्च गर्ने सहमति गरेका छन्भने खानेपानी योजना, सिँचाइ योजना निर्माणमा सघाउने र प्रभावित क्षेत्रका विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक सहयोगलाई निरन्तरता गर्ने प्रतिबद्धता जनाएका छन् ।

आयोजनाहरूले गर्नुपर्ने प्रतिबद्धतामा रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसी, तुँदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल, ठूलोखोला हाइड्रोपावरका बित्त प्रमुख प्रदीप खतिवडा र संयुक्त ऊर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपालप्रसाद निउरले हस्ताक्षर गर्नुभएको छ । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सहमतिको पालना नभए जलविद्युत् आयोजनाले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending