Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सोलुखुम्बु थामेका बाढी पीडितले अनुदानमा अस्थायी आवास निर्माण गर्ने

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको थामेका बाढी पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा गत साउन ३२ गतेको हिम पहिरोका कारण क्षति भएको बस्तीमा अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको हो ।

५० घर परिवारलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट २९ लाख २१ हजार दुई सय ६२ रुपियाँ अनुदान रकम प्राप्त भएपछि अस्थायी आवास निर्माणमा स्थानीय जुटेकाे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिए ।

फ्रान्सेली राजदूतावासबाट प्राप्त २९ लाख २१ हजार दुई सय ६२ रुपियाँमध्ये पहिलो किस्ता बापतको १२ लाख २५ हजार रुपियाँ अनुदान रकम चैत्र ३ गते आइतबार खुम्बु पासाङल्हामु गाउँपालिकाको खातामा पठाइसकिएको प्रजिअ घिमिरेले बताए । उनका अनुसार ५० घरधुरीलाई २५ हजार रुपियाँको दरले अनुदान रकम गाउँपालिकाको खातामा पठाइएको हो ।

पहिला किस्ता बापतको रकम गाउँपालिकाको खातामा आएको र अब तत्कालै पीडितलाई हस्तान्तरण गर्ने गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए । हिम पहिरो पश्चात् तत्कालै जिल्ला प्रशासन कार्यालयबाट १३ घर परिवारलाई १५ हजार रुपियाँको दरले राहत रकम प्रदान गरिएको थियो । यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाले १८ घर परिवारलाई ५० हजार दरले र ४५ घर परिवारलाई १० हजार रुपैयाँको दरले प्रदान गरेको थियो । 

गृह मन्त्रालयबाट ५० थान त्रिपाल र ३० थान टेन्ट उपलब्ध गराएको प्रजिअ घिमिरेको भनाइ छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगरले ५० थान फाइबर सिरक, ५० थान फाइबर सिरानी, ५० थान म्याट्रेस र ५० थान तन्ना वितरण गरेको थियो । 

सोलुदुधकुण्ड नगरपालिकाले २३ घरले परिवारलाई ५५ हजार रुपियाँको दरले १८ घर परिवारलाई ३५ हजारको दरले र १६ घर परिवारलाई १५ हजारको दरले रकम प्रदान गरेको थियो । 

बाढीका कारण पूर्ण रूपमा क्षति भएको थामे आधारभूत विद्यालय पुनः निर्माणका लागि फागुन ३० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरी पुनः निर्माणका लागि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगरमा सिफारी गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

गत साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिम पहिरोका कारण ५४ घर क्षति भएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए । जसमा ४ घर थामेमा विभिन्न पेसा व्यवसाय गरी अस्थायी रूपमा बसोबास गर्ने रहेको जनाइएको छ ।

बाढीका कारण थामे आधारभूत विद्यालय, थामे आधारभूत विद्यालयको होस्टेल, थामे स्वास्थ्य चौकी, खुम्बु बिजुली कम्पनीको विद्युत सवस्टेसन र इन्टेकमा पूर्ण रूपमा क्षति भएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending