काठमाडौं । फलानो स्कुलमा भर्ना गरिदिनुपर्यो भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई निकै फोन आउने गरेको छ।
अहिले स्कुल भर्नाको मौसम हो। नयाँ विद्यार्थी भर्ना कार्य तीव्र छ। विशेष गरी नाम चलेका विद्यालयमा कक्षा १ मा नयाँ भर्ना गर्ने र त्यसमा सीमित सिट सङ्ख्या हुने हुँदा अभिभावक आफ्ना छोराछोरी ती स्कुलमा भर्ना हुन नसक्लान् कि भनेर तनावमा छन्। आफूलाई भनियो भने त्यहाँ भर्ना पक्का हुन्छ भन्ठानेरै फोन आउने गरेको मन्त्री भट्टराईले बताइन्।
विशेष गरी नाम चलेका तर भर्ना पाउन कठिन भएका निजी, सामुदायिक तथा ट्रष्ट का स्कुलमा भर्ना गरिदिन यस्ता फोन आउने गरेको हो। पछिल्लो समय नाम चलेका सामुदायिक विद्यालयमा समेत भर्ना गर्न कठिन हुने गरेको छ। त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘पछिल्लो समय स्कुलले थेग्नै नसक्ने गरी विद्यार्थी भर्नाको चाप बढ्न थालेको छ। अभिभावकले फोन गरेर जसरी पनि नानीबाबुको नाम निकालिदिनु पर्यो भन्नुहुन्छ तर भर्ना हुन आएका सबैलाई भर्ना गराउने चाहना भए पनि सकेका छैनौँ।’
विद्यार्थी चाप थेग्न नसकेपछि ज्ञानोदय माध्यमिक विद्यालयलगायतले त कोड नम्बर प्रयोग गरेर प्रवेश परीक्षा सञ्चालन गर्न थालेका छन्। विगतमा माथिल्लो कक्षामा भर्नाका लागि मात्रै धेरै दबाब आउने गरेकामा पछिल्लो समय तल्ला कक्षादेखि नै विद्यार्थी भर्नाको चाप यस्ता विद्यालयमा देखिन थालेको छ।
शिक्षा मन्त्रालयले मंगललबार उपत्यकाका त्यस्ता स्कुलका पदाधिकारीलाई बोलाएर छलफल गरेको छ। छलफलमा शिक्षामन्त्री भट्टराईले भनिन्, ‘यस्ता फोन आउनुहुन्न तर आइरहेका छन्। यसरी भनसुनका आधारमा भर्ना गर्नुहुँदैन। सबैलाई समान व्यवहार गर्नुपर्छ।’
ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल अमृत राईले भने, ‘मन्त्री, सचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी आदिको कोटा छ भनेर बजारभरि हल्ला छ। वास्तवमा कसैको पनि कोटा राखिएको छैन। कतिपयले चिट्ठा निकाल्दा हाम्रा छोराछोरीको नाम निकालिदिनू पनि भन्ने गरेका छन्।’ यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: