Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

वन क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल विजयी

खबरडबली संवाददाता

कास्की । पोखराको नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल विजयी भएको छ । 

स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रतिभा भण्डारीले नेपाल विद्यार्थी संघका अध्यक्षका उम्मेदवार रचना पौडेललाई एकसय ४३ मतले पराजित गर्दै निर्वाचित भएको हो । 

भण्डारीले २ सय ४५ मत ल्याउँदा रचनाले एकसय २ मत प्राप्त गरिन । तीनसय ४९ मतदाता रहेकोमा ३ सय ४७ मत खसेको थियो । अध्यक्षमा निर्वाचित भण्डारी बिएस्सी दोस्रो वर्षमा अध्ययनरत छन। सचिवमा सलिना श्रेष्ठ, कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित हुनुभयो । 

प्रत्यक्षतर्फ सदस्यमा दीपा आचार्य, हिमानी थारु, कोमल रावत क्षेत्री, अजिता घर्ती मगर, सचिना सोमाइ मगर निर्वाचित भएका छन् । समानुपातिकतर्फ अनेरास्ववियुले २ सय ७० मत र नेविसंघले ७५ मत प्राप्त गरेको छ । अनेरास्ववियुबाट समानुपातिकमा १० जना उम्मेदवार छन् । चुनाव जितेपछि क्याम्पसमा अनेरास्ववियुले राति विजय उत्सव मनाएको छ । 

वन क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल विजयी 

पोखराको वन क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ । मंगलबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार अध्यक्षमा अनेरास्ववियुका अभिषेक शर्मा निर्वाचित भए। शर्माले नेविसंघका उत्तम हुमागाईंलाई ८२ मतले पराजित गरे । 

शर्माले २ सय ३० मत पाउँदा हुमागाईंले एकसय ४८ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक डा। रामचन्द्र शर्माले जानकारी दिए । सचिवमा क्रान्तिकारीका गौरव खड्का २ सय २६ मत ल्याएर निर्वाचित भए। सचिवमा नेविसंघका दिपेन्द्रप्रसाद रौनियारले एकसय ४८ मत प्राप्त गरे । 

कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठले २ सय २४ मत ल्याउँदा नेविसंघकी जानकी गुर्धामीले एकसय ५४ मत पाउनुभयो । सदस्यमा अनेरास्ववियुका सुनिलसिंह भण्डारीले २ सय ४७, सिद्धान्त खनालले २ सय ३२, अखिल (क्रान्तिकारी) की रिया श्रेष्ठले २ सय २५, प्रकट ढुंगाना र भिभोर शाहले समान २ सय ३० मत प्राप्त गरे। 

अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य तथा क्रान्तिकारीले सचिव र ३ सदस्य लिने सहमति गरेर प्यानल बनाएको थियो ।  क्याम्पसमा ४ सय ५० मतदातामा ३ सय ८३ मत खसेको थियो । पोखराको इन्जिनियरिङ क्याम्पसमा मतगणना जारी छ । पृथ्वीनारायण र जनप्रिय क्याम्पसमा चुनाव स्थगित भएको छ । संस्कृत क्याम्पसमा चैत १० गते निर्वाचन हुँदैछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...

चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि बल प्रयोग गरिने आईजीपी कार्कीको चेतावनी

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको दानबहादुर का...

रकमसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे, ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

सिरहा । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल का सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छाडिएका छन्। श्रीप्रकाश उप्...

निर्वाचनमा गलत कार्य गरे दण्डनीय: हुनसक्छ उम्मेदवारी खारेजीदेखि जेल सजायसम्म

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनअनुसार निर्वाचनको समयमा कानुनविपरीत कार्य गरे दण्डनीय हुने व...

केन्द्रीय सुरक्षा समितिको बैठक: निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय

काठमाडौं । गृहमन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी...

दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

घोराही। दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणन...

मोदीले बालेनलाई शुभकामना दिएको भनी भ्रम फैलाउने व्यक्ति पक्राउ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी का क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE