पाेखरा । कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गिरीलाई बिहीबार दिउँसो न्युरोडबाट नियन्त्रणमा लिएको हो ।
अख्तियारमा पोखरा महानगरविरुद्ध परेका उजुरी फस्यौटको जिम्मा सम्हालेका गिरीलाई नगद २५ हजारसहित पक्राउ गरिएको अख्तियार पोखराका उपसचिव राकेश पाण्डेले जानकारी दिए ।
“तपाईविरुद्ध अख्तियारमा उजुरी पारेको छ, मिलाइदिन्छु भनी कृत्रिम उजुरी खडा गरी रकम लिएको देखिएको छ,” पाण्डेले भने, “एक लाख माग गरेको भन्ने छ । उनको साथमा २५ हजार भेटिएको छ ।
प्रतिकृया लेख्नुहोस्: