सप्तरी । एसइई परीक्षामा सुनियोजित ढंगले चिट चोरी गराएको भन्दै सप्तरीमा २६ जना कर्मचारीलाई कारबाही गरिएको छ । दुई परीक्षा केन्द्रका २६ जना कर्मचारीलाई कारबाही गरिएको जिल्ला परीक्षा समन्वय समिति सप्तरीले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरीका एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष र ६ निरीक्षकलाई कारबाही गरिएको परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । उनीहरुले एउटै विद्यालयका विद्यार्थीलाई एकै कोठामा राखेर सुनियोजित ढङ्गले चोरी गराएकाले कारबाही गरिएको दाहालले बताए ।
‘कोठा नं १, ७ र ८ मा एकै विद्यालयका सबै विद्यार्थीहरू राखिएको थियो । एक छेउमा विद्यालय पोसाक लगाएको र अर्को छेउमा बाहिरी पोसाक लगाएका विद्यार्थी थिए,’ उनले भने । त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिकास्थित महावीर माध्यमिक विद्यालयका १८ जना कर्मचारीलाई कारबाही गरिएको छ । जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारीहरु अनुगमनमा जाँदा कक्षाकोठामा प्रश्नको जवाफसहितको चिट भेटिएपछि केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र १६ जना निरीक्षक कारबाहीमा परेका हुन् । ‘कोठा नं १, २, ३, ४, ५ र ७ मा दश वटै प्रश्नको जवाफ भएको करिब २५ वटा चिट भेटियो,’ प्रजिअ दाहालले भने ।
सप्तरीमा रहेका ३७ वटा केन्द्रमध्ये २५ वटाको बिहिबार अनुगमन भएको छ । प्रजिअ दाहालका अनुसार ६ वटा टोलीले प्रथम दिन अनुगमन गरेको छ । भोलिदेखि १० वटा अनुगमन टोली बनाएर सबै केन्द्रको अनुगमन गरिने उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८१ - २१:०७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । चार किलोमिटर सडक तोकिएको समयमा...
चैत्र ९ गते, २०८१ - २०:५९
झापा । वढ्दो सवारी दुर्घटना र वायु प्रदुषर्णलाई रोक्न सुरुङ्गा सहकार्य युवा क्लबले शनिबार आयोजना गरेको साइकल दौडमा निमा सेर्पा पहिलो भएका छन् । १५...
चैत्र ९ गते, २०८१ - २०:२२
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ...
चैत्र ९ गते, २०८१ - २०:०७
दाेलखा । दोलखाको कालिञ्चोक र कुरी उपत्यकासहित माथिल्लो भेगमा शनिबार वर्षातसहित हिमपात भएको छ । कालिञ्चोक, कुरीलगायत उच्च भेगमा दिउँसोदेखि हिमपात भएको ...
चैत्र ९ गते, २०८१ - १९:५९
कपिलवस्तु । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्ने बताएकी छिन् । कपिलवस्तुको...
चैत्र ९ गते, २०८१ - १९:५०
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् । तमु मुक्तिमोर्चा ...
चैत्र ९ गते, २०८१ - १९:४५
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनले हिमनदीका साथै मौसममा प्रतिकूल असर गरी खानेपानी, कृषि, जल विद्युतलगायत क्षेत्र पनि प्रभावित ...
चैत्र ९ गते, २०८१ - १९:३६
बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने बताएका छन् । नेपाली कांग...
चैत्र ९ गते, २०८१ - १९:३०
संखुवासभा । यहाँको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् । शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट...
चैत्र ९ गते, २०८१ - १८:५५
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् । शनिबार दाङ–काठमाडौं सम...
प्रतिकृया लेख्नुहोस्: