Ntc summer Offer
Khabar Dabali ११ चैत्र २०८१ सोमबार | 24th March, 2025 Mon
Investment bank

सबै मिलेर हिमनदी संरक्षण गर्नु जरुरीः मन्त्री यादव

खबरडबली संवाददाता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनले हिमनदीका साथै मौसममा प्रतिकूल असर गरी खानेपानी, कृषि, जल विद्युतलगायत क्षेत्र पनि प्रभावित भइरहेकाले सबै मिलेर हिमनदीको संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।

विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) द्वारा आयोजित ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तका कारण हिमनदीमा परेको असरले मुलुकमा खानेपानी, कृषि, जलविद्युतलगायत क्षेत्र प्रभावित भइरहेकाले हिमनदीको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गरे ।

मन्त्री यादवले भने, ‘पानी जीवनको आधार हो । पानीबिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन । यसर्थ हिमनदीको संरक्षण गर्न जरुरी छ । यसमा तीनै तहका सरकार, सरोकार भएका निकाय, आमनागरिक सबैको सहयोग आवश्यक पर्दछ ।’ संविधानले प्रत्याभूत गरेको मौलिक हकअनुसार स्वच्छ खानेपानी र सरसफाईको सुनिश्चितता गर्न खानेपानी मन्त्रालय कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले स्वच्छ खानेपानी, सरसफाई र वातावरण स्वच्छताको सुनिश्चितता भनेको नागरिकको मौलिक हक मात्र नभई सामाजिक न्याय, सार्वजनिक स्वास्थ्य, आर्थिक समृद्धि र वातावरणीय सन्तुलनको मुख्य आधार भएको बताए । सङ्घीय सरकारले ‘एक घर, एक धारा’ र ‘जनताको पानी सरकारको लगानी’ जस्ता नीति अघि बढाएकाले खानेपानीको पहुँच विस्तारमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका मन्त्री यादवले विश्वास व्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वव्यापीकरणको ‘सही’ बाटो अवलम्बन गर्ने चीनको घोषणा

बेइजिङ । चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई...

उच्च शिक्षाको विकासका लागि प्राज्ञिक स्वायत्तता आवश्यक छ: नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व विद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षा उन्नयनक...

लोकतान्त्रिक प्रणाली माथि नै चुनौती उत्पन्न भएपछि दुई दलीय सरकार: एमाले महासचिव पाेखरेल

विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन् । आइतबार प्रेस चौतारी नेपालको १० औँ ...

पोप फ्रान्सिस ३८ दिन पछि डिस्चार्ज हुदैँ

काठमाडौं । पोप फ्रान्सिसलाई ३८ दिनसम्म दुवै फोक्सोमा निमोनियासँग लड्दै आइतवार अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । यो जानकारी उनका चिकित्सकहरुले दिए...

भोलि संक्रमणकालीन न्यायबारे शीर्ष नेताबीच छलफल हुने

काठमाडौं । भोलि साेमबार संक्रमणकालीन न्याय (टीआरसी)बारे शीर्ष नेताबीच छलफल हुने भएकाे छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षक नेत...

रौतहटमा एसइई परीक्षामा १२३३ मोबाइल बरामद

राैतहट । माध्यमिक शिक्षा परीक्षा (एसइई) ०८१ मा अनियमितता रोक्न प्रशासनले कडाइ गरे पनि परीक्षा केन्द्रहरूमा मोबाइल प्रयोग गरी चिट चोरी गर्ने प्रयास रोक...

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला भन्छन्-०८४ मा संसदीय चुनाव हुँदैन

कञ्चनपुर । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला(कञ्चन)ले ०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका छन् ।  आइतबार कञ्चनपुरको महेन्द्रन...

नागेन्द्र र रचनाको ‘यती माया गरौंकी तिमीलाई’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरौंकी तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार स...

४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर

काठमाडौं । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दले आइतब...

कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy