काठमाडौं। गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ५४ दशमलव ६२ अंकले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो। यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो।
आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता शेयर ७२ हजार दुई सय ६५ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ३२ करोड एक लाख ४१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा बैंकिङ समूह एक दशमलव ४७, विकास बैंक दुई दशमलव ४२, वित्त दुई दशमलव ९९, होटल तथा पर्यटन दुई दशमलव २३, जलविद्युत् दुई दशमलव ३३, लगानी दुई दशमलव शून्य पाँच र जीवन बिमा समूह एक दशमलव ८५ प्रतिशतले घटेको छ।
यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ४६, लघुवित्त दुई दशमलव ३६, म्युचुअल फण्ड शून्य दशमलव ६४, निर्जीवन बिमा दुई दशमलव शून्य सात, व्यापार दुई दशमलव ८५ र अन्य समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ७२ प्रतिशतले बढेको छ। बढी घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ४२ करोड छ लाख ३४ हजार नौ सय ८१ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ५४ हजार तीन सय ७१ कित्ता शेयर किनबेच भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १० गते, २०८२ - १५:१४
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ। माइती...
भाद्र १० गते, २०८२ - १५:११
बालेन साह रूपान्तरणको प्रतिक वा निरंकुश 'फेस लिफ्ट' ?
भाद्र १० गते, २०८२ - १४:५९
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै दिएको अभिव्यक्तिमा उनले २०८४ सालसम्म नेपालमा वैकल्पिक शक्तिको उदय हुने ठोकुवा गरे। उनी आफैंले सुरु गरेको...
भाद्र १० गते, २०८२ - १४:४१
काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्...
भाद्र १० गते, २०८२ - १४:३७
माेरङ । मोरङ्गको पथरी शनिश्चरे वडा नम्वर ८ ले सुरु गरेको 'शिक्षा सँगै सिप कार्यक्रम' प्रभावकारी बन्दै गएको छ । वडाका तिन विद्यालयमा अघिल्लो...
भाद्र १० गते, २०८२ - १४:३४
काठमाडौं। सरकारले अनुदान कटौती गरेपछि काठमाडौंमा आन्दोलनरत उखु किसानलाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ। माइतीघर मण्डलामा धर्नामा रहेका...
भाद्र १० गते, २०८२ - ११:५१
कुवेत । कुवेतमा काम गर्न पुगेका एक नेपाली युवकले फ्लाइओभरबाट हाम फालेर आत्महत्या गरेका छन्। सुर्खेत, वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमल...
भाद्र १० गते, २०८२ - ११:२४
एक वर्षमै साढे ३२ करोड घाटा
भाद्र १० गते, २०८२ - ११:०७
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखुको भुक्तानी नपाएर किसानहरू उखुको बोटसहित सडकमा आउनु दुःखद भएको बताएका छन्। उनले सरकारलाई कि...
भाद्र १० गते, २०८२ - ११:०१
काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान...
प्रतिकृया लेख्नुहोस्: