काठमाडाैं । राष्ट्रिय सभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रिय सभाको आज आइतबारको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको हो ।
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको स्पष्ट पारे । ‘प्रस्तुत विधेयकले तत्कालका समस्या यथाशीघ्र समाधान गर्नेछ’, उनले भने ।
मन्त्री अधिकारीले प्रतिपक्ष, आमजनता र सरोकारवालाको चाहना तथा भावना सम्बोधन हुने गरी सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू डा. बेदुराम भुसाल, किरणबाबु पुन, गंगाकुमारी बेल्वासे, इन्दिरादेवी गौतम, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, उदयबहादुर बोहरा, मनरूपा शर्मा, तुलसाकुमारी दाहाल, जयन्तीदेवी राई, श्रीकृष्णप्रसाद अधिकारी, रुक्मिणी कोइराला, रेणु चन्द, राजेन्द्रलक्ष्मी गैरे र गोपीबहादुर सार्की अछामीले भाग लिएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्ने व्यहोरा जानकारी गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - २०:३३
रामेछाप । घर नजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा दुुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा ...
चैत्र १२ गते, २०८१ - २०:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी...
चैत्र १२ गते, २०८१ - २०:०७
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गते...
चैत्र १२ गते, २०८१ - २०:०३
काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्याउन पहल गर्ने वि...
चैत्र १२ गते, २०८१ - १९:५९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधान...
चैत्र १२ गते, २०८१ - १९:५६
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकर...
चैत्र १२ गते, २०८१ - १९:५१
मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह...
चैत्र १२ गते, २०८१ - १९:४७
ढाका । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आएकाे र उनले परिवारका सदस्यहरूसँग कुरा गरिरहेकाे क्रिकेट अधिकारीह...
चैत्र १२ गते, २०८१ - १९:४२
मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ । अभ्यासमा रूसक...
चैत्र १२ गते, २०८१ - १९:३६
काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्च...
प्रतिकृया लेख्नुहोस्: