दाङ । युवा ब्याटर किरण ठगुन्नाको सतकको मद्दतमा प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ ।
दाङको लमहीमा आइतबार जितका लागि २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनको जीत हासिल गरेको हो । सुदूरपश्चिमलाई जिताउन किरण ठगुन्नाले ११५ रन बनाएपछि कोशीले संघर्ष गरेको थियो ।
२४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जोडे । उनि ६६ बलमा ११ चौकासहित ६६ रन बनाएर सौर्य श्रेष्ठको बलमा आउट भए ।
कप्तान अंकित सुवेदी २६ बलमा ६ चौकासहित ३८ रनमा आउट भए । समीर कार्कीले ३७ बलमा ३ छक्काको मद्दतमा ३८ रन जाेडे । आशिष भट्टराईले ९० बल सामना गर्दै ४ चौकासहित ३६ रन बनाए । दिपेश कँडेलले १४ रन जोडे ।
कोशीलाई हराउन सुदूरपश्चिमका सौर्य श्रेष्ठले ९ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्टले ४ दशमलब १ ओभरमा २८ रन खर्चेर २ विकेट लिँदा शेर मल्ल, कप्तान नारायण जोशी र राहुल भण्डारीले १/१ विकेट लिए ।
यसअघि लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका किरण ठगुन्नाको सतकीय पारीमा २४२ रन बनाएको थियो ।सुदूरपश्चिमका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चौकाको मद्दतमा ११५ रन बनाए ।
उनले सतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दोश अन्सारीको बलमा लङअफमा प्रकाश कार्कीको हातबाट क्याचआउट भए । फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले सतक बनाउने खेलाडी बने ।
प्रतियोगितामा सुदूरपश्चिमले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन जोड्यो । सुदूरपश्चिमको पारी उकास्न किरण बाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् । टेक बोहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जोशी समान १४/१४ रन बनाएर आउट भए । सौर्य श्रेष्ठ र निश्चल क्षेत्रीले १०/१० रन बनाए ।
कोशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९.४ ओभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए । फिर्दोश अन्सारीले ८ ओभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ ओभरमा ३० रन दिएर २ विकेट हात पारे ।
दिपेश कँडेल, प्रकाश कार्कीले १/१ विकेट लिए । कोशी विरुद्धको जीतमा शतक प्रहार गरेका सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना प्लेयर अफ दी म्याच घाेषित भए । जितसँगै आठ खेलबाट ६ अङ्क बटुलेको सुदूरपश्चिम सातौँ स्थानमा छ । पराजित कोशी दुई अङ्कसहित नवौँ स्थानमा छ ।
यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा बसिर अमहमको अर्धशतकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको छ । जितका लागि आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा सबै विकेटको क्षतिमा ११२ रनमा समेटिएको थियो ।
जितसँगै आठ खेलबाट १४ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लबको सात खेलबाट समान १४ नै अङ्क छ । पराजित लुम्बिनी समान खेलबाट आठ अङ्क जोड्दै पाँचौँ स्थानमा छ । यस्तै भैरहवाको एक्ट्राटेक ओभल मैदानमा भएको अर्को खेलमा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले हरायो । जितका लागि एपिएफले दिएको २५९ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २२७ रनमा समेटिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: