Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

इजरायलद्वारा गाजामा स्थलगत आक्रमण सुरु

खबरडबली संवाददाता

एजेन्सी । इजरायली सेनाले गाजापट्टीमा आइतबार स्थलगत अभियान चलाएको छ । हमास शासित क्षेत्रमा भएको आक्रमणको करिब एक हप्तापछि राफा सहरमा भएको आक्रमणबाट भाग्न सेनाले प्यालेस्टिनीहरूलाई आग्रह गरेको छ ।

लेबनानमा भएको घातक आक्रमण र यमनबाट क्षेप्यास्त्र प्रहार भएपछि इजरायली सेनाले गाजाका केही भागमा पुनः आफ्नो सैन्य बल तैनाथ गरेको हो । सैनिक प्रवक्ता अविचय अद्राईले एक्समा जारी गरेको वक्तव्यमा सेनाले दक्षिणी सहर राफाको एक जिल्लामा ‘आतंकवादी संगठनहरूमाथि आक्रमण सुरु गरेको’ बताएका छन् ।

एएफपी संवाददाताका अनुसार ड्रोनबाट उक्त क्षेत्रमा खसालिएका पर्चामा पनि लेखिएको सन्देशमा अद्राईले त्यहाँका प्यालेस्टिनीहरूलाई ताल अल–सुल्तान जिल्लाको ‘खतरनाक लडाकु क्षेत्र’ छोडेर उत्तरतर्फ जान आह्वान गरिएको छ ।

दक्षिणी गाजाको मुख्य सहर खान युनिसको एक परोपकारी भान्साघरमा १९ वर्षीया इमान अल–बर्दाविलले धेरै विस्थापित प्यालेस्टिनीहरूले ‘खान र पिउने खर्च’को लागि संघर्ष गरिरहेको बताइन् ।

‘हामी रमजानको महिनामा छौँ । यो एक पवित्र महिना हो र मानिसहरू शरणार्थीका रूपमा यहाँ आउन बाध्य छन्,’ आफूले वरपर देखेको पीडाप्रति दुःख व्यक्त गर्दै बर्डाविलले एएफपीसँग भनिन् । ‘म यहाँ बच्चाहरूका लागि चामल लिन आएको हुँ, तर त्यो काम नगरीकन भाग्न बाध्य बनेको छु,’ बर्डाविलजस्तै उत्तरी गाजामा रहेको आफ्नो घर छोडेर भागेका सैद अबु अल–जिदयानले भने ।

हमासका शीर्ष अधिकारीको मृत्यु

आफ्नो नयाँ आक्रमणअघि इजरायलले मार्चको सुरुमा युद्धग्रस्त गाजामा मानवीय सहायताको प्रवेशमा रोक लगाएको थियो र बिजुली आपूर्ति कटौती गरेको थियो । यसले हमासलाई युद्धविरामको विस्तारका लागि इजरायली सर्तहरू स्वीकार गर्न र सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि प्यालेस्टिनी लडाकुहरूले कब्जामा राखेका ५८ बन्धकहरूलाई मुक्त गर्न बाध्य पारेको थियो ।

इजरायलले आपूर्ति गरेको बिजुलीले गाजाको पानीको मुख्य स्रोत डिसेलिनेसन प्लान्टलाई सहयोग गर्छ र बिजुली कटौती गर्ने निर्णयले गाजाको २४ लाख मानिसहरूका लागि पहिले नै खराब अवस्थालाई बढावा दिएको छ । इजरायली सेनाले ‘उत्तरी गाजाको बेइट हानुन क्षेत्रमा हमासका लडाकुलाई लक्षित गर्दै र उत्तरी गाजामा सुरक्षा क्षेत्र विस्तार गर्न’ सेना परिचालन गर्न थालेको जनाएको छ ।

शुक्रबार रक्षामन्त्री इजराइल काट्जले गाजाको थप भूभाग कब्जा गर्न सेनालाई आदेश दिएको बताउँदै यदि हमासले गाजा युद्धविराममा अर्को कदम चाल्न इजरायलको मागलाई ध्यान नदिए इजरायलले गाजा कब्जा गर्न सक्ने चेतावनी दिएका थिए ।

हमासले इजरायलले पुनः बमबारी गरेर बन्धकहरूलाई ‘बलि दिएको’ आरोप लगाएको छ भने बन्दीका धेरै परिवारले पुनः युद्धविरामको माग गरेका छन् । जीवित रिहा भएकामध्ये अधिकांशले युद्धविरामको अवधिमा यस्तो गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उत्तरी गाजामा आइतबार जारी गरिएको एक सैन्य वक्तव्यमा भनिएको छ, ‘लडाकु विमानले हमासका कैयौँ लक्ष्य र आतंकवादी संरचनास्थलमा आक्रमण गरेको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending